भक्तपुर । पृथ्वी जयन्तीको अवसरमा शनिबार भक्तपुरमा भएको कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिड्नुपर्ने आवश्यकता औल्याएका छन् । पूर्व सुरक्षाकर्मी परिषद् नेपाल जिल्ला कार्यसमिति भक्तपुरले ३०३ पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले घुस दिन्या र लिन्या दुवै अपराधी हुन् भन्ने बाटोमा जानुपर्नेमा जोड दिए । राष्टिय एकताका अभियन्ता नीलनारायण कोजूले पृथ्वीनारायण शाहले नेपाल राज्यलाई एकीकरण नगरेको भए नेपाल यतिखेर भारतको ५६६ औ प्रान्तको रुपमा रहने विश्लेषण गरे । उनले त्यतिबेला पनि अहिले जस्तो नेपाल कमजोर अवस्थामा रहेको र यही अवस्थामा भारतले नेपाललाई पनि एउटा प्रान्तको रुपमा अधिपत्य जमाउने उनले भनाई थियो । अर्का अभियन्ता रामकुमार कार्की, आयोजक अध्यक्ष डिल्लीराम ढुंगेल, आयोजक संस्थाका केन्द्रिय प्रवक्ता मणिराम लामिछाने, राजन कार्की, मुना प्रधानलगायतले पृथ्वीनारायण शाहले भनेझै अनेकतामा एकता भएर वस्नुपर्नेमा जोड दिए । उनीहरुले संघीयले नेपाललाई पृथ्वीनारायण शाहको पालामा जस्तौ २२।२४ राज्यमा विभिाजित गरेको र यसले राज्यलाई कमजोर पारेको विश्लेषण गरे । कार्यक्रममा उनीहरुले संघीयता खारेजीको पनि माग गरे । कार्यक्रम पृथ्वीनारायण शाहको फोटोमा माल्यापर्ण गरी सुरु भएको थियो ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













