जगातीको बस विसौनी यथास्थानमा राख्न आग्रह
भक्तपुर, पुस ४ गते
अरनिको राजमार्गस्थित भक्तपुरको जग्गातीमा रहेको बस बिसौनी हटाउन लागेको भन्दै स्थानीय समुदायले आपति जनाएको छ । अरनिको राजमार्ग बने देखि चल्दै आएको सो बस स्तपलाई हटायो भने भक्तपुर नगर आउने, मालपोत, ख्वप कलेज,ख्वप अस्पताल जाने, डोलेश्वर जाने, मलामि जाने जस्तो दैनिक जनजीवन र परम्परागत संस्कृतिहरु समेत प्रभावित हुने भन्दै स्थानीय समुदायले आज थिमीमा रहेको सडक विभाग सूर्यविनायक धुलिखेल सडक आयोजनामा ज्ञापन पत्र बुझाएका छन् । परम्परा देखि चल्दै आएको बस स्टेसनलाई नहटाउन आग्रह गर्दै बरु बस स्टेशन व्यवस्थित गर्न स्थानीय आवश्यक सहयोग गर्ने प्रतिबधता पनि जनाएका थिए ।


आयोजना प्रमुख ईन्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय समुदायको ज्ञापन पत्र बुझ्द्ै आयोजनाले सो क्षेत्रबाट बस स्तप हताएकाले आफूले केही गर्न नसकिने तर स्थानीय जनताको उचित मागलाई माथिलो निकाय समक्ष राखेर स्थानीय तहसँगको परामर्शमा जायज माग पूरा गराउन आफूले भूमिका खेल्ने बताए । सडक पीडितहरुको मागलाई साविक ऐनले मात्रै सम्बोधन गर्न सकिने पनि बताएका थिए ।













