बनेपामा दोस्रो नेपालभाषा साहित्य तस्मुंज्या हुने

बनेपामा दोस्रो नेपालभाषा साहित्य तस्मुंज्या हुने
नेपाल सम्वत् ११४५ थिंल्लागा षष्ठी ९२०८१ पुस ६ गते० नेपालभाषा साहित्य तस्मुज्या काभ्रेको आयोजनामा दोस्रो नेपालभाषा साहित्य तस्मुंज्या ९सम्मेलन० तथा सांस्कृतिक कार्यक्रम अरनिको पार्टी प्यालेस भिमसेन मार्ग बनेपा(५ मा बिहान ११स्०० बजे देखि सुरु हुने भएको छ ।
गत वर्ष २०८० मंसिर ११ गते प्रथम नेपालभाषा साहित्य तस्मुंज्या तथा सांस्कृतिक कार्यक्रम लायकु बनेपामा भएको थियो । प्रचारप्रसारको क्रममा बनेपालगायत सात गाउँमा साइकल र्‍याली नवराज केसीको संयोजकत्वमा सम्पन्न भएको थियो । यस पटक निरन शाक्यको संयोजकत्वमा २०८१ पुस ५ गते साँझ ३स्०० बजे क्वबहाल गणेशस्थानबाट सुकुन्दा र्‍याली सुरु भइ बनेपा नगर परिक्रमा पश्चात् तुकम्पो गणेशस्थान वाङ्ख्य टोल बनेपामा समापन हुने नेपालभाषा साहित्य तस्मुंज्या काभ्रेका सचिव ओमप्रसाद मानन्धरले बताउनुभयो । पुस ५ गते शुक्रबार हुने सुकुन्दा र्‍याली र पुस ६ गते शनिबार हुने तस्मुंज्यामा सहभागी हुन नेपालभाषा, साहित्य तथा संस्कृति प्रेमी महानुभावहरूलाई सादर उपस्थिति भइदिनुहुन सचिव मानन्धरले अनुरोध गर्नुभयो ।