भक्तपुर महोत्सवको व्यापार मेलाको तयारी तिब्र

भक्तपुर महोत्सवको व्यापार मेलाको तयारी तिब्र
भक्तपुर, मंसिर १७ गते
भक्तपुर महोत्सवको व्यापार मेला महेश्वरी खेल मैदानमा हुने भएपछि सो क्षेत्रमा मेलाको तयारी तिव्र पारिएको छ । भक्तपुर युवा टिमको संयोजनमा सो क्षेत्रमा मनोरञ्जन पार्क, बाल मेला, साँस्कृतिक मेला तथा व्यापारिक मेला समेत हुने भएकाले मेलाको तयारी तिव्र पारिएको आयोजक समितिका अध्यक्ष केशव त्वायनाबासुले जनाएको छ । १सय ५०बाट व्यापारिक स्थलहरु रहने महेश्वरी खेल मैदानमा महोत्सव अवधिभर साँस्कृतिक कार्यक्रम नाँचगान पनि हुने आयोजक समितिले जनाएको छ । मेलामा अझै केही स्थलहरु थप्न सकिने भएकोले इच्छुट व्यवासयीहरुले स्थल बुकिङ्ग गर्न सकिने पनि जनाएको छ । स्थल बुकिङ् थप जनकारीकालागि गोल्मढी यातामा भक्तपुर महोत्सव व्यापार मेलाको सचिवालय स्थापना गरिएको छ ।