हिदान नेपालले गर्यो आज रक्तदान

हिदान नेपालले गर्यो आज रक्तदान
भक्तपुर, भाद्र ४ गते
हिदान नेपालले आज दत्तात्रय मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रममा १८ महिला सहित ६४ले रक्तदान गरेका थिए । हिदान नेपालका राकेश सुवालका अनुसार रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएको हो । रगतको आवश्यकता भएको बेला फ्रेस रक्तदान गर्ने उदेश्यले हिदान नेपाल अर्थात रक्तदान नेपाल स्थापना गरेको सुवालले बताए । हिदान नेपालमा यसरी रक्तदान गर्न २ सय भन्दा बढीले सदस्यता लिइ सकेका छन् । हिदान नेपालका सचिन्द्र कुसीका अनुसार रगत आवश्यक भएको बेला सदस्यहरुले अस्पताल वा रेडक्रस भक्तपुरमा पुगेर रक्तदान गर्दै आएका छन् ।