४४ औं तःमुज्याको साँस्कृतिक समिति गठन
भक्तपुर, श्रावण ३१ ग्ते
४४ औं नेपाल भाषा साहित्य तःमुज्या एवं सांस्कृतिक ब्बज्याले आज सांस्कृतिक समिति गठन गरेको छ । स्थानीय रामकृष्ण प्रजापतिको अध्यक्षतामा साँस्कृतिक समिति गठन भएको ४४ औं तःमुज्या ग्वसाखलका सदस्य विकुराम तजलेले जनाएको छ । नेपाल क्रान्तिकारी साँस्कृतिक संघका अध्यक्ष एवं बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको आतिथ्यतामा सो समिति गठन भएको तजलेले जनाएको छ । ४४ औं तःमुज्या व्यवस्थित र भव्य रुपमा आयोजना गर्न विभिन्न १७ वटा भन्दा बढी समिति, उपसमिति गठन गर्नेक्रममा आज साँस्कृतिक समिति गठन गरेको हो । सो समितिमा ५९ सदस्य रहेको अध्यक्ष रामकृष्ण प्रजापतिले जनाएको छ । ४४ औं संस्कृतिक समितिले आज साँस्कृतिकर्मीहरुको कमलविनायकमा भेला गरी सो समिति गठन गरेको हो । तःमुज्याले शनिबार विहान ग्वसाखल उद्घाटनको कार्यक्रम राखेको छ ।














