ट्राफिक चेकिङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, सडक अवरुद्ध, प्रहरीद्वारा अस्त्रु ग्यास प्रहार

ट्राफिक चेकिङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु , सडक अवरुद्ध, प्रहरीद्वारा अस्त्रु ग्यास प्रहार

गठ्ठाघर, भक्तपुर, श्रावण ३१ गते
तिव्र गतिको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्युपछि गठ्ठाघरमा आज सडक जाम भएको छ । ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिव सय मिटरसम्म घिसारेपछि प्रदर्शनमा उत्रेकाहरुलाई नियन्त्रण गर्न प्रहरीले अस्त्रु ग्यास समेत प्रहार गरेको थियो ।


प्रत्यक्षदर्शीका अनुसार गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङकमा रोकि राखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो । ना ६ ख ३१७३ नम्वरको ट्रकले बा ३९ प ८९४४ नम्वरको स्कूटरलाई ठक्कर दिँदा ट्रकले स्कुटर सहित चालकलाई करिव सय मिटरसम्म घिसारेको थियो । अनुहारै नचिने गरी क्षदविक्षेद अवस्थामा स्कुटर चालकको घटनास्तलमै मृत्यु भएपछि सो घटनाको विरोधमा सडकमा उत्रेका समुदायले ट्रकको टोडफोड गर्दै सडक नै बन्द गरेका थिए । सडक खुलाउन तथा भिड नियन्त्रण गर्न प्रहरीले अस्त्रु ग्यास समेत प्रहार गरेको थियो । घटनास्तलबाट झोला र किताव भेटिएकाले स्कुटर चालक विद्यार्थी रहेको अनुमान गरिएको छ । सो घटनापछि करिब दुई घण्ठाससम्म गठ्ठाघर सडक खण्ड ठप्प भएको थियो । अहिले भने सवारी सूचारु भइसकेको छ ।