गठ्ठाघर दुघर्टनाका मृतकको पहिचान खुल्यो !, २२ अस्त्रुग्यास प्रहार, एसपी सहित ३ जना घाईटे, ट्राफिक चेकिङको आलोचना
मध्यपुर, श्रावण ३१ गते
गठ्ठाघर सडक दुघर्टनामा मृत्यु हुने व्यक्ति पुरुष भएको खुलेको छ । घटनास्थलमा स्कुटीको बिलबुक भेटिएकोले सो कुरा पुष्टि भएपनि स्कुटी चालक उत्तम कोइराला नै भए नभएको प्रहरीले पुष्टि भने गरिसकेको छैन ।सामाजिक सञ्जलहरुमा कलेज जाने युवती भन्ने हल्ला चले पनि घटनाको सिसि फुटेजबाट अन्दाजी ४०।४५ वर्षका पुरुष भएको खुलेको हो । एक प्रत्येक्षदर्शीले ट्राफिक चेकिङको क्रममा रोकिएको एउटा मोटरसाइलकको लुकिङ ग्लासमा ठोकीएर सोही दिसाबाट आइरहेको ट्रकमा स्कुटर ठोकिन गइ ट्रकले किचेसँगै घिसारेर क्षतविक्षत अवस्थामा स्कुटी चालकको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीले ट्राफिक चेकिङकै कारण सो घटना भएको भन्दै चेकिङमा खतिएका ट्राफिक प्रहरीलाई कार्वाहीको माग समेत गरेको छ । ट्रकले किचेर मानिसको मृत्यु भइसक्दा समेत ट्राफिक चेकिङ हुँदै थियो टिभी टुडेलाई प्रत्यक्षदर्शीले दिएको अन्तर्वार्तामा भनिएको छ । तिव्र गतिका कारण सडक दुर्घटना बढेको दवाफमा चेकिङ बढाएको भक्तपुर ट्राफिक प्रहरीलाई सो ट्राफिक चेकिङबाट सडक दुर्घटना निम्तिएको भन्दै सडकमा भडप हुनुकासाथै सामाजिक सञ्चालबाट चर्को आलोचना भएको थियो । भडपमा परि भक्तपुरका एसपी बेद विष्ट सहित ३ जना घाईटे भएका थिए ।

https://www.facebook.com/tvtodayhd/videos/858385169105439
महानगरीय प्रहरी परिसर भक्तपुरले सो घटना बारे आज साँझ एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मृतक व्यक्ति पुरुष भएको पुष्टि गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ स्थित गठ्ठाघरमा काठमाण्डौबाट भक्तपुर तर्फ आउँदै गरेको ना. ६ ख, २१७३ नं.को ट्रकले सोहि दिशातर्फ जादै गरेको बा. ४९ प ८९४४ नं.को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालकको मृत्यु भएको जनाएको छ । मृतक ४०।४५ वर्षको पुरुष भएको भन्दै सुचना अधिकारी राजन कार्कीले घटना पछि भएको झडप नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख बेद विष्टको कमाण्डमा ११८ प्रहरी, काठमाण्डौबाट आएका १३० प्रहरी, सशस्त्र प्रहरी १२० जना परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ । झडप नियन्त्रण गर्न प्रहरीले २२ राउण्ड अस्त्रुग्यास प्रहार गरेको थियो । घटनापछि फरार रहेका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने बषृ ३२का सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएका छ । सो सडक दुर्घटना पछिको झडपमा भक्तपुरका प्रहरी उपरिक्षक बेद बिष्ट, कार्यरत प्र.स.ह. बहादुरे राउट र मध्यपुर थिमी गठ्ठाघरका सौगात सापकोटा समेत घाइते भइ सामान्य उपचार पश्चात डिस्चार्ज भएको पनि जनाएको छ । झडपबाट गठ्ठाघर स्थित सडक बीचमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट, विटमा रहेको टेवल एक थान, प्रहरी ह्याण्डसेट थान १ र चार्जर थान १ समेत क्षती भएको उल्लेख गर्दै सूचना अधिकारी कार्कीले घटना बारे थप अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमार्फत जनाएको छ ।














