धानबाली पहेलिन थालेपछि भक्तपुरका कृषकहरु चिन्तित

धानबाली पहेलिन थालेपछि भक्तपुरका कृषकहरु चिन्तित
भक्तपुर, श्रावण ३० गते
धानबाली पहेलिन थालेपछि भक्तपुरका कृषकहरु चिन्तित बन्न थालेका छन् । बढी वर्षाले धानबाली पहेलिएको होला भन्ने लागेका कृषकहरुको धानको बोटहरु धमाधम सुक्न थाल्दा चिन्तित बनेका हुन । धानको जरा देखि सुक्न थालेको, बोटको जरा र दाडहरु किराले खाएको, बोटमा रातो रातो दागहरु देखिन थालेको भन्दै आज भक्तपुर नगरपालिका वडा नं७ का ४ दर्जन कृषकहरुले आफ्नो समस्या सुनाएका छन् । साथै संक्रमित विरुवाको नमूना सहित परिक्षणकालागि नगर कृषि समितिका कृषिविज्ञसँग परामर्श लिएका छन् ।


भनपा ७ नं. वडा कृषि समितिका संयाेजक हिरा ख्याजु को संयोजकत्वमा आयोजित सो कार्यक्रम ३नं. वडाका वडा अध्यक्ष राज कृष्ण गोरा, ७नं.वडाका वडा अध्यक्ष उकेस कवां, आयोजक समितिका सदस्य राजाराम गोसाई सहितका अतिथिहरुको आतिथ्यतामा भएको थियो । वडा कृषि समितिले आज वडामा आयोजना गरेको धानबालीमा लाग्ने किरा तथा रोग व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कृषकहरुले आआफ्नो समस्या र गुनासाहरु पोखेका थिए । साथै संक्रमित बोट परिक्षणकालागि नमूना संकलन गरेको छ । कृषकहरुको गुनासो र संक्रमित बोटको परिक्षण गर्दै कृषिविज्ञ रवि ख्याजूले भक्तपुरमा ब्लाष्ट रोग छिटफुट रुपमा देखिएको उल्लेख गर्दै धेरै समय धानबालीमा पानी जम्दा बोटमा धुसि परेर तथा गोबारो किराले खाएर धानबाली पहेलिन थालेको बताए । कतिपय धानबालिमा पोटासको कमिले बालि बिग्रेको छ भन्दै उहाँले बिग्रेको त ब्रिग्र्रिसक्यो नबिग्रेको धानबालीको सुरक्षाकालागि आवश्यक कृषि उपचार तथा औषधी छकर्र्ने उपायहरु दिएको बताए । कृषि विज्ञ ख्याजुले भनपाका १० वडा मध्ये ८ वडासम्म धानबालीमा लाग्ने किरा तथा रोग व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिसकेको र अब दुई वडामा मात्रै कार्यक्रम आयोजना गर्न बाँकी रहेको बताए । धानबालीका लागि बेर्ना लगाउँदा देखि नै कृषकहरुले ध्यान दिनपर्ने कृषिविज्ञ ख्याजूले सुझाएका थिए ।