येंया पुन्हिका दिन मध्यपुरमा विरेन्द्रभक्तले जिब्रो छेड्ने

येंया पुन्हिका दिन मध्यपुरमा विरेन्द्रभक्तले जिब्रो छेड्ने
मध्यपुर थिमी, श्रावण २६ गते

येंया पुन्हिको दिन मध्यपुर थिमीमा जिब्रो छेड्ने जात्राको तयारी थालेको छ । यस वर्षको जिब्रो छेड्ने जात्रामा स्थानीय विरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेड्ने तयारी गरेको हो । जिब्रो छेड्ने पर्व मनाउन महिना दिन देखि तयारी थाल्नुपर्ने परम्परा रही आए अनुसार श्रेष्ठले नातु बनाउने नकर्मीलाई खवर गर्ने परम्परा रहेको छ । नातुकालागि जिब्रो छेड्नेले सम्मेबजी सहित रातो भाले नमर्कीको घर लगि दिने चलन छ । नकर्मीले जिब्रो छेड्नकालागि त्रिशुल जस्तै तीन तिर भएको नातु (सुइरो) बनाई दिने गर्दछन् । नकर्मीले नातु बनाईसकेपछि ३ हप्तासम्म शुद्ध तोरीको तेलमा नातुलाई डुवाएर राख्ने गर्दछन्।