अन्तर नगर महिला कबड्डीमा आजोजक टिमको दोस्रो जित
भक्तपुर, फाल्गुण ३० गते
काठमाण्डौ महानगरपालिकालाई हराउँदै आयोजक भक्तपुर नगरपालिकाले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा आज फेरी जितेको छ । महानगरले लिएको २९ अंक विरुद्ध भक्तपुर नगरपालिकाले ४३ अंक जोडेर जितेका हुन । लिग नकआउट चरणमै आयोजक टिमले हिजो उद्घाटन खेलमा मध्यपुर थिमी नगरपालिकालाई २२ विरुद्ध ५७ अंकले जितेका थिए भने आज काठमाण्डौ महानगरपालिकालाई पनि हराउन सफल भएको हो । आज भएको खेलमा सुरुवाति चरणमा १का विरुद्ध ९ अंक गुमाएको भक्तपुर नगरपालिकाको टिमले क्रमिकरुपमा अंग जोड्दै महानगरपालिका टिमलाई हराउन सफल भएको हो । आज भएको खेलमा उत्कृष्ठ खेलाडीको रुपमा आयोजक भक्तपुर नगरपालिकाका इशा सायंजू घोषित भएका थिए ।


फाल्गुण २९ गतेबाट सुरु भएको सो प्रतियोगिता चैत्र ३ गतेसम्म शहीद स्मृति खेल मैदानमा भइरहेको छ । प्रतियोगितामा १५ वटा नगरपालिकाका खेलाडीहरुको टिम प्रतिस्पर्धामा छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १ लाख ५० हजार दोस्रो हुनेलाई १ लाख र तेस्रो तथा चौथौ हुनेलाई ५०। ५० हजार नगद सहित मेडल र पत्रमाणपत्रको व्यवस्था गरिएको छ ।


भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् ।त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाविच भएको खेलमा मेलौली नपाले पोखरा महानगरपालिकालाई ४३–२२ पराजित गरेको छ । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भएका छन् ।भिमदत्त नपा र बनेपाबिचको खेलमा भिमदत्तले बनेपालाई ६९–१६अंकले हराएको छ । उक्त खेलमा मानमति विष्ट म्यान अफ द म्याच घोषित भएका छन् ।काठमाडौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाविच भएको प्रतिस्पर्धामा काठमाडौ महानगरपालिकाले जित हासिल गरेको छ । उनले प्रतिद्वन्द्वी मध्यपुर थिमिलाई ६५–२५ ले हराएको हुन् । काठमाडौ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।विराटनगर महानगर नपा र गोदावरीबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९–२३ अन्कले पराजित गरेको छ । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भएका छन् ।बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।
बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।सिद्धिचरन नपा र पोखरा महानगरपालिकाविचको खेलमा पोखराले सिद्धिचरलाई ७९–१७ अंकले पराजित गरेको छ भने पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।किर्तिपुर नपा र बनेपा नपाविचको खेलमा किर्तिपुरले बनेपालाई ३५–३२ अंकले पराजित गरेको छ भने उक्त खेलमा किर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भएका छन् ।त्यस्तै मेलौली नपा र कलैया नपाविचको खेलमा मेलौली नपाले जित हासिल गरेको छ । मेलौलीले कलैयालाई ६१–१३ ले पराजित गरेको हो । खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।सोहि दिन काठमाडौ महानगरपालिका र भक्तपुर नगरपालिकाविच भएको खेलमा भक्तपुरले काठमाडौलाई ४३–२९ अकले हराएको छ । सो खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भएका छन् ।













