भाजुपुखूको मौलिकतामा आँच पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ“’सुनिल प्रजापति, प्रमुख— भक्तपुर नगरपालि

भाजुपुखूको मौलिकतामा आँच पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ“’
सुनिल प्रजापति, प्रमुख— भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको भक्तपुर अहिले जीवित सङ्ग्रहालयको रूपमा थप परिचित हु“दै छ र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै छ ।
२०७२ सालको भूकम्पले भक्तपुरका धेरै सम्पदाहरूमा क्षति पुग्यो । २०७४ सालमा हामी जनप्रतिनिधि निर्वाचित भएपछि क्षतिग्रस्त ती सम्पदाहरूलाई प्राथमिकता क्रमअनुसार योजनाबद्ध ढ·ले पुन:निर्माण र जीर्णोद्धार कार्य सुरु गर्‍यौ“ । स्थानीय जनताको साथ र सहयोगमा विदेशीको सहयोगबिना पुन:निर्माण कार्य अगाडि बढाउ“दै गयौ“ । सोही क्रममा ५ वर्षको पहिलो कार्यकालमा १२४ ओटा सम्पदाहरूको पुन:निर्माण र जीर्णोद्धार सम्पन्न भएको पाउ“दा हामीलाई गर्व लाग्छ । त्यसैबेला निर्माण कार्य सुरु गरेका मध्ये एउटा सम्पदा हो — ऐतिहासिक महŒव बोकेको भक्तपुर नपा १ स्थित भाजुपुखू (भाज्यापोखरी) ।


भाजुपुखू २०५४ सालमा निर्वाचित नगरपालिकाका जनप्रतिनिधिहरूले २०५८ सालमा नै पुन:निर्माण कार्य सुरु गर्नुभएको थियो । कार्यकालको अन्तिम समयमा मात्र सुरु भएको हु“दा २०५९ साल साउनदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहीनतास“गै भाजुपुखू पुन:निर्माण कार्यले पूर्णता पाउन सकेन ।
१५ वर्ष जनप्रतिनिधिविहीन अवस्थापछि २०७४ सालमा हामी निर्वाचित भयौ“ । शिक्षा, स्वास्थ्यस“गै सम्पदा पुन:निर्माण कार्यलाई पनि अगाडि बढायौ“ । भाजुपुखू निर्माणलाई पनि प्राथमिकतामा राख्दै पुराताŒिवक महŒवलाई ध्यानमा राखेर गम्भीरतापूर्वक लाग्यौ“ । पुन:निर्माणको क्रममा पुरातŒवविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको पटक पटक औपचारिक र अनौपचारिक छलफल तथा अन्तरक्रियाहरू गर्‍यौ“ । उहा“हरूकै सल्लाह र सुझावअनुसार भक्तपुर नगर कार्यपालिकाको २०७५।४।२९ गते बसेको बैठकले डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अध्ययन कार्यदल गठन गर्‍यो । कार्यदलले सात महिना अध्ययन गरेर त्यसको विस्तृत अध्ययन प्रतिवेदन नगरपालिकामा प्रस्तुत गर्‍यो । भाजुपुखूमा प्राप्त ऐतिहासिक प्रमाणको आधारमा मौलिक शैलीमा पुन:निर्माणको लागि अगाडि बढ्न सहज भयो ।
सुरुमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय टीम, क्लब, सङ्घ संस्थाहरू र स्थानीय जनताको सहभागितामा सफाइ कार्यक्रमहरू गर्दै गयौ“ । अध्ययन प्रतिवेदनअनुसार त्यहा“ प्राप्त प्रमाणहरूको आधारमा पोखरीको बिचमा जलेश्वर मन्दिर भएको खुल्न आयो । त्यस अघिसम्म पोखरीको बिच भागमा मन्दिर भएको कसैबाट जानकारी प्राप्त भएको थिएन । उत्खननको क्रममा प्राप्त सबै वस्तुहरूको अभिलेख राख्दै संस्कृतिविद्हरूको सुझावअनुसार पोखरी निर्माणस“गै जलेश्वर मन्दिर पुन:निर्माणको कामलाई पनि अगाडि बढायौ“ । भाजुपुखूको मौलिकतामा आ“च पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ“ । पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुन:निर्माणको काम गर्ने व्यवस्था मिलायौ“ ।
पोखरीमा पानी नअडिने समस्या थियो । त्यसलाई स्थानीय साथीहरूको सल्लाहअनुसार कालोमाटो (देचा) राखेर व्यवस्थापन गर्‍यौ“ । पानीको अभाव हुन नदिन नजिकै बोरिङ गरेर पानी भर्‍यौ“ । वरिपरिको पर्खाल निर्माणका लागि नेपाल सरकार सहरी विकास मन्त्रालयबाट पनि सहयोग प्राप्त भयो ।
भाजुपुखू पुरानै स्वरुपमा निर्माण गर्ने क्रममा प्राचीन शैलीका इटाहरु समयमा उपलब्ध नहुनु, उपयुक्त साइजका काठहरु बजारमा प्राप्त नहुनु जस्ता निकै चुनौतिहरु भोग्नु पर्यो । उत्तरतर्फको दमकलसंगैको बाटो खोल्न लामो समय लाग्यो । बाटो नखुलेसम्म पोखरीको उत्तरी भाग बनाउन नदिने टोलबासीहरुको अडानले निर्माणकार्यमा बाधा पुगेको थियो । पटक पटकको छलफल पछि बल्ल सहमतिमा पुगियो र १३ फिटको बाटो बन्नेपछि पोखरीको उत्तरतर्फको भाग सम्पन्न भयो । उत्तरतर्फका डिल स्थानीयहरुले व्यक्तिगत प्रयोग गरिरहेका थिए । हाम्रो आग्रहमा उहाँहरुले आआफैलै सामानहरु हटाइ सहयोग गर्नु भयो । यसरी पोखरीको प्राचीन स्वरुप कायम गर्न वातावरण सहज बन्दै गयो । जतिसुकै समय लागे पनि मौलिक स्वरुपमा आँच पुग्ने काम हुन दिएनौ । हरेक बिषयमा विज्ञहरुसँग परामर्श गरी अगाडि बढ्यौं ।
अझै पनि पोखरीको दक्षिणभाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी नै छ । क्याम्पसका पदाधिकारीहरुसित त्यसबारे पटक पटक हामीले छलफल गरेका छौं । भाजुपुखू र भक्तपुर क्याम्पस दुबै जनताका साझा सम्पत्ति हुन् । दुबैको संरक्षण र सम्बद्र्धन गर्नु जनताका साझा जिम्मेवारी हो । राज्यको सम्पत्तिमा क्षति नहोस् भन्ने कुरामा हामी बढी सचेत छौं । पुराना नक्साहरुमा भाजुपुखूको डिल स्पष्ट देखिन्छ । नक्साहरु अगाडि राखेर पनि हामीले छलफल गर्यौ । त्यो क्रम अगाडि बढिरहेको छ ।
पोखरी पुन:निर्माणको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ले समय समयमा अवलोकन गरेर मार्गनिर्देशन गर्नुभयो । त्यसले हामी जनप्रतिनिधि र कार्यरत मजदुरहरूमा उत्साह प्राप्त भयो । हामीले उहा“को मार्गनिर्देशनअनुसार कामलाई अगाडि बढाउ“दै गयौ“ । अहिले भाजुपुखूको स्वरूप फेरिएको छ । भक्तपुर आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्न भाजुपुखूले थप मद्दत पुग्ने हाम्रो विश्वास छ । भनपा वडा नं. १ मा सिद्ध पोखरी, न्हु पुखू(रानी पोखरी), न:पुखू र भाजुपुखूसमेत गरी ४ वटा आकर्षक पोखरीहरु बन्नी सकेका छन् । वडा नं. १ ले पोखरीहरुको वडाको रुपमा विशेषता कायम गर्दै छ । पुन:निर्माणमात्रै होइन त्यसको संरक्षण झनै चुनौतिपूर्ण हुने कुराबारे हामी जानकार छौं । यसबारे स्थानीय जनताले ध्यान दिनु हुने हाम्रो अपेक्षा छ ।
पोखरी निर्माणको क्रममा समय समयमा मार्गनिर्देश गर्नुहुने नेमकिपाका अध्यक्ष आदरणीय नेता नारायणमान बिजुक्छे“ (रोहित) प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ“ । भाजुपुखूबारे विस्तृत अध्ययन गर्नुहुने अध्ययन कार्यदलका संयोजक डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायत सम्पूर्ण सदस्यहरू, जनप्रतिनिधिहरू, उपभोक्ता समितिमा संयोजक भएर काम गर्नुहुने लक्ष्मीनारायण खत्री, कृष्णप्रसाद दुमरु, केशव कोजु र जीवन दुवाललगायत समितिका सबै सदस्य, स्थानीय तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण जनतामा हार्दिक आभार व्यक्त गर्दछौ“ ।
भाजूपुखू सम्बन्धी सबै विवरण सहितको भाजुपुखू र जलेश्वर मन्दिर पुन:निर्माण पुस्तक पनि आजै सार्वजनिकीकरण हुँदै छ । उक्त पुस्तक तयार गर्न सम्बन्धित लेखहरु दिएर तेजेश्वर बाबु ग्वंग, गौरी बहादुर कार्की, ओम धौभडेललगायत धेरैले सहयोग गर्नु भयो । त्यसै गरी पुस्तक प्रकाशनमा लक्ष्मणराज जोशी, धनलक्ष्मी त्यातलगायत धेरैले मिहनत गर्नु भएको छ । यस क्रममा सहयोग गर्नु हुने सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
(भक्तपुर नगरपालिकाद्वारा हालै पुन:निर्माण सम्पन्न गरिएको भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पुखूको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)