तेस्रो भक्तपुर कप २०८० पाण्डु बजार एफ.सीले जित्यो

तेस्रो भक्तपुर कप २०८० पाण्डु बजार एफ.सीले जित्यो

भक्तपुर, फाल्गुण, २६ गते
तेस्रो भक्तपुर कप २०८० पाण्डु बजार एफ.सीले जितेको छ । आज भएको फाइनल खेलमा सामाजिक युथ क्लवको २ गोल विरुद्ध ३ गोल गरी पाण्डु बजार युथ क्लवले तेस्रो भक्तपुर कप २०८०को मेडल उचालेका हुन । प्रथम भएका पाण्डु बजार र दोस्रो हुने सामाजिक युथ क्वललाई कार्यक्रमका प्रमुख अतिथी नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले नगद सहित मेडल वितरण गर्नु भयो । प्रमुख अतिथी सुवालले प्रथम हुनेलाई नगद रु.१ लाख २५ हजार दोस्रो हुनेलाई नगद रु.साठी हजार सहित मेडल वितरण भएको हो। १६ वटा टिमले प्रतिस्पर्धा गरेको तेस्रो भक्रपुर कप गत फाल्गुण १६ गते देखि सुरु महेश्वरी खेलमैदानमा भएको थियो।


आज सम्मन्न तेस्रो भक्तपुर कपका उत्कृष्ठ खेलाडीको रुपमा सामाजिक युथ क्लवका ओसन राई घोषित भएका थिए भने आज भएको फाइनल खेलसँगै प्रतियोगिताको उद्यीमान खेलाडीको रुपमा सामाजिक युथ क्लवका रोशन राई, उत्कृष्ठ खेलाडीको रुपमा इब्राहिन फोफोना घोषित भएका थिए ।
प्रतियोगिताको उत्कृष्ठ गोलकिपरका रुपमा सामाजिक युवा क्लवका शुशिल कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डु बजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लवका सन याका, बेष्ट स्टाइकर विवेक कवां, बेष्ट कोच रुपन अवाल भएका थिए ।
आज भएको खेलका उत्कृष्ठ दर्शकहरुका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउला घोषित भएका थिए ।
विजयी खेलाडी, टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथी सांसद प्रेम सुवाल, विशेष अतिथी वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई सहितका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक भौतिक सहयोग गर्ने संघ संस्था र महानुभावहरुलाई आयोजकहरुको तर्फबाट प्रशंसा पत्र वितरण भएको थियो ।