ख्वप साकोसको १६औ वार्षिक साधारणसभा सम्पन्न ।

ख्वप साकोसको १६औ वार्षिक साधारणसभा सम्पन्न ।
भक्तपुर बैक्वेट भक्तपुर, पौष २१ गते शनिबार ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १६औ वार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सचिव एवं संघीय सांसद का. प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर बैक्वेटमा सम्पन्न भयो । कार्यक्रममा उहाँले संस्थाका जेक्ष्ठ सदस्यहरु र एसईई उतीर्ण संस्थाका शेयर सदस्य र सदस्य परिवारलाई सम्मान गर्नु भयो । साथै उहाले आ.व. २०७९।२०८० का असल बचतकर्ता चन्द्रलक्ष्मी सुजखु र असल ऋणकर्ता लक्ष्मी भक्त लाखे सम्मान गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि प्रेम सुवालले सहकारी सदस्यहरुलाई आर्थिक रुपमा मात्र क्रियाशिल नभई समाज सेवामा लानु पर्छ । शेयर सदस्यहरुलाई गीत संगीत र नाचगानको प्रशिक्षण पनि चालु राखेमा शेयर सदस्यहरु स्वस्थ हुन्छ । आमा बुबाले मध्यपान र ध्रुमपान गर्दा मष्टिक कमजोर हुन्छ । आमा बुबाले नजाने बच्चाहरुले पनि नजाने हुन्छ । स्कूल कलेज राम्रो गरौ अनिमात्र छोराछोरीहरुले आमा बुबाको सेवा गर्छ । सहकारीले पैसाको कारोबारमा मात्र सिमित नरहि शिक्षा, स्वास्थ्य र संस्कृति विकासमा पनि चिन्तन गर्न‘ुपर्छ भन्नुभयो ,सहकारी मार्फत किसानहरुलाई बिउ बिजन मलखाद विभिन्न औजारहरु किटनाशक औषधि वितरण गर्नुपर्छ । सहकारीले सीपमूलक पुराना सामग्री बनाउने तालिम दिनुपर्छ । अहिले लाखौ लाख युवा विदेश गएका छन। भोलि बुढाबुढी र बच्चा बच्चीमात्र नेपाल रहने चिन्ता छ । जग्गा जमीन बाझो छ । तसर्थ सहकारीहरुले भविष्ण्लाई लक्षित गरी आदर निकेतन खोेल्न आवश्यक छ भन्नुभयो । समाजवादी ब्यवस्थामा उत्पादनका साधनहरु राज्यको प्रभुत्व हुन्छ । पँँँुजीबादी ब्यवस्थामा लोभ बढी हुन्छ तसर्थ पोखरी ,सार्वजनिक जग्गा ब्यक्तिको नाम हुन जान्छ ।सहकारी संस्थाले टोलका बाल बालिकालाई र छर छिमेकलाई देश विदेशका घटनाक्रमबारे जानकारी दिनुपर्छ भन्न’भयो ।

भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी मुल्य मान्यतानुसार सञ्चालित सहकारीहरुमा कुनै पनि समस्या छैन । सहकारी सिद्धान्तनुसार कार्य गरे हरेक सहकारी लक्ष्यमा पुग्न सकिन्छ भन्दै देको मिवा इतापाखे आवास एकिकरण आयोजना र भक्तपुर नपाद्धारा सञ्चालित कार्यक्रमबारे जानकारी दिनुभयाृे ।

 भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का सचिव जगनाथ प्रजापतिले भक्तपुरमा रहेका समुदाय आधारित सहकारी  संस्थाका क्रियाकलाप राम्रा छन । जनताको बचत लिई फरारहरुलाई कडा भन्दा कडा कार्वाही गर्न आवश्यक छ भन्नुभयो ।
  ख्वप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार लघुले सभापतित्वको आसनबाट बोल्दै वार्षिक प्रतिबेदनमा प्रस्तुत आगामी कार्ययोजनाबारे चर्चागदै शेयर सदस्यहरुको रोजगारी लक्षित शीपमूलक र आयमूलक तालिमहरु सञ्चालन गर्ने र सञ्चालकहरुको क्षमता अभिबृद्धि कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने बताउदै यस बर्षको संस्थाका भवन निर्माण तथा बाजा प्रशिक्षण पनि सञ्चालन गर्ने जानकारँी दिनु भयो । 
 कार्यक्रममा संस्थाका सल्लाहकार बालमुकुन्द बासुकला, कुमार लघु र कृष्णभक्त लघु तथा सिद्धी गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखाले  साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु‘भयो । कार्यक्रममा मित्र सहकारीहरु भिन्तुना साकोस,बालाखु साकोस, संगम साकोस,श्रमिक साकोस, शुभकामना साकोस,लोकेश्वर साकोस, शुभेच्छा साकाृस ,छोलेश्वर साकोस  पनि साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो । साधारण सभामा १० बर्ष भन्दा बढी सेवा गरेका ख्वप साकोसका कर्मचारीहरु रत्ना ब्यान्जू, रोजिना दुवाल र न्हुछेमाया बासुकलालाई नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । १६औ वार्षिक साधारण सभामा संस्थाका सचिव लक्ष्मीनारायण सुवालद्धारा प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अमर बासुकलाले प्रस्तुत गर्नु भएको आर्थिक प्रवितबेदन र लेखा संयोजक लक्ष्मीदास बासुकलाद्धारा प्रस्तुत लेखा प्रतिवेदन पारित  पारित गरियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश ब्यान्जु र लेखा समिति सदस्य कृष्णराम सुलुले  पनि बोल्नु भएको थियो ।

साधारण सभाले राजकुमार लघुको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति र लक्ष्मीदास बासुकलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरियो ।। साधारणसभाबाट नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन उपसमिति संयोजक गणेशप्रसाद सुवालले सपथ खुवाउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्न‘ुभयो । कार्यक्रमको विच विचमा ब्यासी सांस्कृतिक समुहले सांस्कृतिक प्रस्तुति र हरि भजन दाफा समुहले बासुरी धुन प्रस्तुत गरेका थिए ।