सिद्धि स्मृति प्रतिष्ठानको आज ३० औं स्थापना दिवस, नमूना अस्पताल बनाउने तयारी
भक्तपुर, कार्तिक २ गते
सिद्धि स्मृति प्रतिष्ठानले आज ३० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा अस्पतालको नयाँ भवनको निर्माण कार्य पनि प्रारम्भ गरको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी सुरु भएको सो स्थापना दिवसमा सिद्धि स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला तथा बाल अस्पताल, बृद्धाश्रम र बाल गृहको सेवा बारे समीक्षा समेत गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ श्रेष्ठले सरकारले गर्नुपर्ने काम सिद्धिस्मृतिमा व्यक्तिगत र संस्थागत रुपमा गरेको मेहनत र त्याग तथा समर्पन सराहनिय र सम्मानयोग्य रहेको बताउनु भयो । सिद्धि स्मृति प्रतिष्ठानको त्याग, मेहनत, परिश्रमबाट अहिलेको महिला तथा बाल अस्पताल, वृद्धाश्रम र बाल गृह बनेको उल्लेख गर्दै यसको उच्च मूल्यांकन हुने विश्वास व्यक्त गर्नु भयो । ५। ५ वर्षमा हुने निर्वाचत लक्षित गरी हुने विकास निर्माण भन्दा मानविय श्रोतमा व्यक्तिगत रुपमा वा संस्थागत रुपमा गरिने लगानी वा सेवा अन्नतकाल सम्म रहेको र दीगो हुने धारणा राख्दै प्रजिअ श्रेष्ठले सिद्धि स्मृति प्रतिष्ठानको योगदानले राज्यको दीगो विकास लक्ष्य प्राप्ति गर्न समेत योगदान पुगेको धारणा राख्नु भयो ।


प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलको सभापतित्वमा भएको सो कार्यक्रमका विशेष अतिथी राल्फ पेशलले आफुहरुले गरेको सहयोग राम्रो ठाउँ सदुपयोग भएको पाउँदा सुखि लागेको बताउँदै थप सहयोग गर्न इच्छा व्यक्त गर्नु भयो । भनपा ७का वडाध्यक्ष उकेश कवांले सिद्धि सुन्दरको अकालमा भएको मृत्युको परीणाम नै सिद्धिस्मृति अस्पताल बनेको भन्दै यस्तो महत्वपूर्ण कार्य विरलै हुने गरेको चर्चा गर्नु भयो । सबै फूलहरुले सुभाष दिन सक्दैन दिए पनि फरक फरक दिन्छ । सिद्धि सुन्दर भाईको सुभाषबाट यो अस्पताल बनेको छ । सिद्धिसुन्दरले अमरत्व प्राप्त गर्दै छ । वडाध्यक्ष कर्वाले भन्नु भयो यता सिद्धिस्मृति दिवस मनाउने तयारी भइरहँदा हिजो इजरायले गाजाको एक अस्पतालमाथि हमला गरी सयांैको ज्यान दियो । यो दु:खद र भत्सना योग्य छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर धौभडेलले अस्पताल निर्माणका लागि देशि विदेशी दार्ताहरुको अतुलनीय सहयोग रहेको स्मरण गर्दै महिला तथा बालबालिकाका लागि देशकै नमूना अस्पतालको रुपमा सिद्धिस्मृति अस्पताललाई विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।













