मध्यपुरकी प्रजुना देशकै उत्कृष्ठ छात्रा !
मध्यपुर, असार २८ गते
मध्यपुर थिमीकी प्रजुना शंखदेव देशकै उत्कृष्ठ छात्रा हुनुपर्ने जिकिर गर्दै आज मध्यपुर थिमीमा पत्रकार सम्मेलन आयोजना गरेको छ । हालै प्रकासित एसईई परीक्षा २०७९को नतिजा अनुसार सबै विषयमा ए प्लस सहित फो जिपिए ल्याउन सफल प्रजुनाले जस्तै कसैले पनि अंक ल्याएको हुन नसक्ने भन्दै होलि गार्डेन ईग्लिस स्कूल मध्यपुर थिमीका प्रधानाध्यापक रत्नमान शंखदेवले यस वर्ष फो जिपिए ल्याउने विद्यार्थीहरु धेरै भए पनि सबै विषयहरुमा ए प्लस नै अंक ल्याएर फो जिपिए ल्याएको हुन नसक्ने जिकिर गर्दै उहाँले मध्यपुर थिमीका विद्यार्थीहरु मध्ये त प्रजुना उत्कृष्ठ नै भयो, हुन सक्छ देशभरकै उत्कृष्ठ छिन प्रजुना । अंकले बढी ल्याउने विद्यार्थी हुन सक्ने तर सबै विषयमा ए प्लस नै ल्याएर फो जिपिए ल्याउने विद्यार्थी त अरु नहोला नि उनले भने । प्रजुनाले त नेपाली भाषा मै पनि फो जिपिए ल्याएकी छिन् त्यसैले यसमा गर्व छ उनले भने ।
मध्यपुर थिमी ६ निवासी हरी ओम शंखदेव र सुनिता प्रजापतिकी जेष्ठी छोरी प्रजुनाले विद्यालयको ईतिहासमै सर्वाधिक अंक ल्याउन सफल भएपछि प्रजुनालाई नतिजा आएको आधा घण्टा भित्रै विद्यालयको तर्फबाट पूर्व घोषित रु. एक लाख नगर पुरस्कार वितरण गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेवले बताए । विद्यालयबाट एसईई दिलाएको १७ वर्षको ईतिहासमा पहिलो पटक यो सफलता मिलेको भन्दै यस्तो मेधा विद्यार्थी उत्पादन हुनुमा विद्यालयको ब्यवहारिक शिक्षा प्रणालीको महत्वपूर्ण देन भएको विद्यालयको भनाई छ ।

शिक्षा मानवको तेस्रो आँखा हो, शिक्षा समाजमा चेतना फैलाउने ज्योति हो भन्ने भावनालाई आत्मसात् गरी बिक्रम सम्बत् २०३९ सालमै इभा इङ्गिस स्कूलबाट सुरु भई २०५१ सालदेखि होलि गार्डेन ईङ्लिस स्कूलको रुपमा मध्यपुर थिमी बाखा बजारमा यो स्कुल सचालनमा रहेको छ ।
शिक्षालाई ब्यवहारिक बनाउन म्याठ ल्याब सञ्चालनमा ल्याएर चर्चामा आएको सो स्कूलले एसईई परीक्षामा सबै विषयमा ए प्लस ल्याउने आफ्ना विद्यार्थीहरुलाई जनही रु. एक लाख नगद पुरस्कार वितरण गर्ने घोषणा अनुसार अर्को वर्षकालागि ५ जना मात्र होइन ८ जनालाई सो पुरस्कार वितरण गर्न पनि विद्यालय तयार रहेको भाइस प्रिन्सिपल महेश राईले बताए ।
एसईई परीक्षाका ८ वटै विषयमा ए प्लसका साथ फो जिपिए ल्याएकी प्रजुना शंखदेव भने परीक्षाका कारण पत्रकार सम्मेलनमा सहभागि भएकी थिएनन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षार्थीहरुको ग्रेट र जिपिए मात्र सार्वजनिक हुने तर को विद्यार्थीले के कति अंक ल्यायो भनेर सार्वजनिक नहुने कुरा गत असार २३ गते नतिजा प्रकासनसँगै आयोजित पत्रकार सम्मेलनमा कामु परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताइ सकेका थिए् ।










