मलद्वार र मलासयमा क्यान्सर संक्रमित बढ्दो, एक हप्ते शिविर सुरु
भक्तपुर, असार १६ गते
मानिसको मलद्वार र मलासयमा पनि क्यान्सर हुनेको संख्या बढेको भन्दै भक्तपुर क्यान्सर अस्पतालले आजबाट दिसामा रगत परीक्षण शिविर सुरु गरेको छ । आज विहान अस्पताल प्रांगणमा आयोजित एक समारोह बीच सुरु भएको सो शिविरले ४० वर्ष नाघेका पुरुषको समेत दिसा परीक्षण गरिने भएको छ । एक हप्तासम्म निःशुल्क रुपमा सञ्चालन हुने सो शिविरको पहिलो परीक्षणको क्रममा ३ जनामा पोजेटिभ देखिएकाले परीक्षणको दायरा बढाएर संक्रमित भए नभएको बारे प्रष्ट्याउन आवश्यक भएकोमा अस्पतालले जोड दिएको छ ।
पाय्ल्स मात्र भएको, सामान्य दिसामा रगत मात्र आएको भन्दै घरायसी उपचार मात्र गरी विरामीहरुले बेलैमा परीक्षण समेत नगरेको पाएको भन्दै चिकित्सकहरुले त्यस्ता विरामीहरु अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेकाले मलद्वार नै काट्नु परेको घटना बढेको सुनाए ।
योग प्रशिक्षकका रुपमा क्रियाशिल दिपेश केसीको आन्द्रामा अचानक क्यान्सर लाग्दा सुरुमा कुनै लक्षण नै देखिएको थिएन । दिसामा रगत देखिएपछि र झन झन बढी रगत बग्न थालेपछि परीक्षण गराउनेक्रममा आफूलाई क्यान्सर भएको चाल पाएको भन्दै केसीले सो अवसरमा आफूलाई क्यान्सर रोग लागेपछिको पीडा र अनुभूतीहरु प्रस्तुत गरे । उनले भने क्यान्सर कसैलाई नहोस् तर मानिसको शरीरमा क्यान्सर छ छैन थाहै नहुने रहेछ त्यसैले नियमित परीक्षण गराऔं । शारीरिक ब्यायाम गर्नेलाई पनि क्यान्सर हुन्दो रहेछ ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको अवस्था र रोकथाम बारे चर्चा गर्दै भक्तपुर क्यान्सर अस्पतालले गर्दै आएको उपचार बारे जानकारी दिए भने डाक्टर पुण्य खर्बुजाले विकसित देशहरुमा हरेक नागरिकको अनिर्वाय स्वास्थ्य परीक्षणको व्यवस्था भएकाले त्यताका मानिसहरुमा सुरुकै चरणमा रोग पत्ता लाग्ने गरेको तर हामी कहाँ जतिल अवस्थामा मात्रै उपचारका लागि आउने गरेकाले स्वास्थ्य उपचारमा जतिलता देखिएको प्रष्ट्याउनु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधी श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले नगरवासीहरुको स्वास्थ्य उपचारका लागि विभिन्न स्वास्थ्य शिविर आयोजना गर्दै आएको चर्चा गर्दै जिल्ला बाहिरबाट उपचारका लागि आउने विरामी र आफन्तहरुलाई परेको असहजता बारे आफूलाई जानकारी भएको उल्लेख गर्दै जनताको स्वास्थ्य उपचार भक्तपुर क्यान्सर अस्पताल र ख्वप अस्पताल सहितले खेल्दै आएको भूमिका प्रशंसनीय भएको बताए । अस्पतालका व्यवस्थापक राजाराम तजलेले कार्यक्रममा सहभागि र सहयोगि संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले क्यान्सर रोग विरुद्ध सञ्चालित अभियानहरु बारे जानकारी गराउनु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














