स्वाधिन अर्थतन्त्रकालागि भक्तपुरका पत्रकारहरुले मनाए धान दिवस
भक्तपुर, असार १५ गते
राष्ट्रिय धान दिवसको अवसरमा धान उत्पादन, प्रर्वधनका सवालहरुमा छलफल गर्दै भक्तपुरका पत्रकारहरुले दही चिउरा कार्यक्रम आयोजना गरेको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाका पदाधिकारी, सदस्यहरु र शुभचिन्तकहरु बीच दही च्युरा कार्यक्रम गरी धान दिवस मनाएका हुन । सहभागि पत्रकारहरले धान दिवसको अवसरमा जसरी रोपाईको बेलामै धान दिवस मनाएर धान उत्पादन प्रवर्धन गर्न दिवस मनाइन्छ यसै गरी पत्रकारीतालाई व्यवस्थित गर्न योजना र विधीसँगत रुपले पत्रकारिता गर्नुपर्नेमा जोड दिएको थियोे । हामीले खाने भातकालागि विदेशबाट अर्बौ रुपियाँको धान आयात गर्नु परेको बेला स्वाधिन अर्थतन्त्र निर्माणका लागि कृषि उत्पादन तर्फपनि पत्रकारिता गर्नुपर्नेमा आआफ्ना धारणा राखेका थिए ।
भक्तपुर शाखाका अध्यक्ष सुरेश संैजूको सभाध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव महेशजंग कँुवर, सहमहासचिव रत्न प्रजापति, केन्द्रीय पार्षद प्रताप राणा, कृष्ण किसी सहित आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । सहभागि पत्रकारहरुले नयाँ पुस्तालाई पत्रकारिता पेसामा आकर्षित गर्न विभिन्न तालिम दिनुपर्ने तथा क्रियाशिल पत्रकारहरुलाई क्षमतावृद्धिका तालिमहरु आयोजना गर्ने विषयमा जोड दिएको थियो । सो कार्यक्रम रेडियो जनसञ्चार, जनसञ्चार टेलिभिजन,एविसिडि खवर डटकम, भक्तपुर न्यूज अपडेट डटकमको समन्वयमा रेडियो जनसञ्चारको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालन संघका सचिव प्रेम प्रजापतिले गरेका थिए ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














