स्वाधिन अर्थतन्त्रकालागि भक्तपुरका पत्रकारहरुले मनाए धान दिवस
भक्तपुर, असार १५ गते
राष्ट्रिय धान दिवसको अवसरमा धान उत्पादन, प्रर्वधनका सवालहरुमा छलफल गर्दै भक्तपुरका पत्रकारहरुले दही चिउरा कार्यक्रम आयोजना गरेको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाका पदाधिकारी, सदस्यहरु र शुभचिन्तकहरु बीच दही च्युरा कार्यक्रम गरी धान दिवस मनाएका हुन । सहभागि पत्रकारहरले धान दिवसको अवसरमा जसरी रोपाईको बेलामै धान दिवस मनाएर धान उत्पादन प्रवर्धन गर्न दिवस मनाइन्छ यसै गरी पत्रकारीतालाई व्यवस्थित गर्न योजना र विधीसँगत रुपले पत्रकारिता गर्नुपर्नेमा जोड दिएको थियोे । हामीले खाने भातकालागि विदेशबाट अर्बौ रुपियाँको धान आयात गर्नु परेको बेला स्वाधिन अर्थतन्त्र निर्माणका लागि कृषि उत्पादन तर्फपनि पत्रकारिता गर्नुपर्नेमा आआफ्ना धारणा राखेका थिए ।
भक्तपुर शाखाका अध्यक्ष सुरेश संैजूको सभाध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव महेशजंग कँुवर, सहमहासचिव रत्न प्रजापति, केन्द्रीय पार्षद प्रताप राणा, कृष्ण किसी सहित आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । सहभागि पत्रकारहरुले नयाँ पुस्तालाई पत्रकारिता पेसामा आकर्षित गर्न विभिन्न तालिम दिनुपर्ने तथा क्रियाशिल पत्रकारहरुलाई क्षमतावृद्धिका तालिमहरु आयोजना गर्ने विषयमा जोड दिएको थियो । सो कार्यक्रम रेडियो जनसञ्चार, जनसञ्चार टेलिभिजन,एविसिडि खवर डटकम, भक्तपुर न्यूज अपडेट डटकमको समन्वयमा रेडियो जनसञ्चारको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालन संघका सचिव प्रेम प्रजापतिले गरेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













