बाथरोग स्वास्थ्यशिविर

बाथरोग स्वास्थ्यशिविर
मध्यपुर थिमि, ४ चैत्र
बाबुकाजीश्रेष्ठ– जनसमुदायलाई लक्षित गरी निवृत्त राष्ट्रसेवक समाज नेपालभक्तपुर शाखाले सूर्यविनायकनगरपालिकावडा नं. ४ स्थितदक्षिणबाराहीमन्दिर प्राङ्गणमाबाथ रोग सम्बन्धी एक दिने स्वास्थ्यशिविर गरेको छ ।
नेशनलबाथरोग सेन्टरको सम्पूर्ण प्राविधिक सहयोगमा संचालनगरिएको उक्तशिविरमा १०८ जनामहिला–पुरुषहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
युवादेखि बृद्धबृद्धासम्म हरेक प्रकारको बाथ रोग लाग्ने भएको समयमै उपचार गरेमानिको हुने भएको स्वास्थ्यशिविरको आयोजना गरेको समाजकाअध्यक्षमंगलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममाबाथ रोग सम्बन्धीजानकारीमूलकपर्चा समेत वितरणगरिएको थियो । प्रत्येकमहिनामाविभिन्नठाउ“हरुमाशिविर संचालनगर्दै जाने आयोजकले जनाएको छ ।
समाजविभिन्न पेशामाआवद्धभई निवृत्त भएकाकर्मचारीहरुको सामाजिक संस्थाहो ।