भ न पा१० मा चारहप्ते घरदैलो कार्यक्रम सम्पन्न

भ न पा१० मा चारहप्ते घरदैलो कार्यक्रम
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक क्षेत्रमा कान्तिबाल अस्पताल नर्सिङ कलेज मास्टरका विद्यार्थीहरुले चारहप्ते घरदैलो कार्यक्रम सम्पन्न गरेको तथ्याङ्क तथा प्रतिवेदन प्रस्तुति कार्यक्रम उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा १० नं वडा कार्यालयको हलमा एक समारोहबीच शुक्रबार सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्र अनुसार समाजवादको आधारशीला तयार गर्ने लक्ष्यका साथ शिक्षा स्वास्थ्यमा जोड दिँदै ख्वप कलेज, ख्वप अस्पताल संचालन गरेको बताउनुभयो । उहाँले सरसफाईमा समेत नगरपालिकाले प्राथमिकता दिँदै आएको बताउँदै प्राथमिक विद्यालयमा कुपोषण, घरदैलो नर्सिङ र स्वास्थ्य शिविर संचालन गर्दै आएको बताउनु भयो । उहाँले आउने आर्थिक बर्षमा स्वास्थ्य शिविर, अपाङ्गमा विशेष हेरचाहको लागि बजेत व्यवस्थापन गरेको बताउँदै खाद्यन्नमा मिसावट र खानपानले विभिन्न सुगरप्रेसर लगायत रोगका समस्याहरु देखा परेकोले व्यायाम स्थलहरु निर्माण गरेको बताउनुभयो ।
कार्यक्रममा कान्ति बाल अस्पताल नर्सिङ्ग कलेजका प्राचार्य रोशनी तुईतुईले भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य भई रहेको र सबैले प्रशंसा समेत भई रहेको स्थानमा स्वास्थ्य सम्बन्धी सर्भे गर्न पाउनु र विभिन्न रोग, खोप लगायतका तथ्याङ्क संकलन गर्नुका साथै सर्भेमा भक्तपुर खानेपानी समस्याका कुराहरु धेरैले व्यक्त गरेकोले आकाशेपानी संकलनमा नगरपालिकाले जोड दिनु पर्ने, पिसाब बरोबर परिक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम भक्तपुर नगरपालिका वडा नं १० का अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविता गिरी, मिना ढकाल लगायतका सबै विद्यार्थीहरुले सर्भेबारे आ–आफ्नो कुरा राखेको थियो ।