भ न पा१० मा योजना छनौट तथा सुझाब संकलन

योजना छनौट तथा सुझाब संकलन
 रामकृष्ण प्रजापति
भक्तपुर १९ जेठ । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा २०८०÷०८१ को लागि योजना छनौट तथा सुझाब संकलन कार्यक्रम पूर्व उपप्रमुख चैत्यराज शाक्यको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाहलमा शुक्रबार एक समारोह बीच सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि चैत्यराज शाक्यले वडाभरी भएका संघसंस्थाहरुको तथ्याङ्क संकलन गरी योजना र बजेतको लागि सुझाब संकलन गर्नुपर्ने बताउँदै नगरकोट सडकको दाँयावाँया पेटी बनाई सडक बत्ति व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले योजना भनेको भावि मार्ग निर्देश भएको बताउँदै वडालाई कसरी व्यवस्थित गर्ने हो योजनामा भर पर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष चन्द्र बहादुर उलकले विकास निर्माण जोड दिने भन्दा निर्माणसंगै शैक्षिक योग्यता भएकाहरु बैदेशीक रोजगारीमा पठाउनुको सत्ता देश मै रोजगारीको व्यवस्था गरी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले वडाको योजना छनौट गर्न बुद्धिजीवीहरुसंग राय सुझाब संकलन गरी तथ्यतथ्याङ्क संकलन गरी योजना बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रम वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा भएको कार्यक्रममा सभापतिको मन्तव्य राख्दै आर्थिक बर्ष २०७९÷०८०को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा बजेट, नगर बजेट, शहरी विकास बजेट, पूर्वाधार विकासको बजेट, सम्पदा विकास बजेट गरी जम्मा २३ वटा योजनाहरु भएकोमा १५ वटा सम्पन्न गरी बाकि कार्य भई अन्तिम पुगिरहेको बताउनुभयो ।
कार्यक्रम संचालन वडा सदस्य जितेन्द्र मुनांकर्मी, स्वागत तारादेवी शाक्य, निर्माण समितिबारे कृष्ण नारायण दुमरु बोल्नु भएको थियो भने वडाबासीहरु गणेशराम मुस्याख्व, न्हुन्छेरत्न शाक्य, मदन बहादुर थापा, लक्ष्मी प्रसाद चवाल, कृष्णशोभा मुस्याख्व, विष्णुप्रसाद तिमिल्सिना, अर्जुन त्वानाबासु, उत्तम ज्याख्व, रामकृष्ण तजले पनि विकास निर्माणको लागि वडाको योजना छनौट सम्बन्धी विभिन्न सुझाबहरु दिनुभयो ।