रेडक्रसका स्वयंसेवक र प्रशिक्षक बीच अनुभव आदान प्रदान

भक्तपुर, माघ ९ गते ।
भक्तपुर रेडक्रसका स्वयंसेवक र प्रशिक्षकहरु बीच अनुभव आदान प्रदान गर्दै आफ्नो क्षमता र स्वयंसेवी भवनालाई थप उच्च पार्ने प्रयास गरेका छन् । रेडक्रस सोशाईटी भक्तपुरबाट तालिम प्राप्त गरी आफु, आफ्नो परिवार तथा समाज प्रति उत्तरदायित्व बहन गर्दै आएका भक्तपुरका रेडक्रसका स्वयंसेवक र प्रशिक्षकहरु बीचको सिकाई अनुभव, कार्य शैली आदान प्रदान गरेका हुन । विपतिय जोखिममा न्यूनिकरण र सामाजिक कार्यमा समेत सक्रियता देखाउन आआफ्नो कार्यक्षमताका अनुभवहरु समेत प्रस्तुत गरेका थिए । फरक वर्ग र क्षमताका स्वयंसेवकहरु बीचको अनुभव र ज्ञानसिप आदानप्रदानले आपसी कृयाशिलता र क्षमतालाई प्रस्तुत गर्दै स्वयंसेवकले प्रशिक्षकबाट सिकेका र व्यवहारमा अपनाउँदै आएका अभ्यासहरुको समीक्षा समेत गरेको हुन ।


नेपाल रेडक्रस सोसाइटी भक्तपुरले बिहिवार एक दिने कार्यशाला कार्यक्रम आयोजना गरी तालिम प्राप्त दक्ष स्वयंसेवक तथा प्रशिक्षकहरु बीच ज्ञान, शिप र सिकाई आदान प्रदान गरेको हो । विपतीय जोखिम न्यूनिकरण, प्रतिकार्य तथा मानविय सहायता प्रति सधै अग्रपक्तिमा रहने रेडक्रसकर्मी र प्रशिक्षक बीचको सिकाई र अनुभवहरु आदान प्रदान गर्दै रेडक्रसकर्मीले खेलि रहेको भूमिका, समस्या र गुनासो तथा अष्पस्तताहरुको प्रष्टिकरणसँगै भविष्यका योजनाहरुमा समेत समूहगत छलफल गरी आफ्नो सिकाईलाई समुदाय लिक्षत गरी क्रियाशिल रहने योजनाहरुमा समेत छलफल गरेका थिए । भक्तपुर जिल्लाका विभिन्न रेडक्रस उपशाखा, उत्थानशिल नगर प्रर्बधन तथा सहभागिता कार्यक्रमका लक्षित वर्गका ४० जना प्रतिनिधीहरु बीच बिहिवार बालकोटमा सो सिकाई आदानप्रदान भएको हो ।

आपत विपदमा मानविय सहयोग दिन सक्ने गरी तयार गरिएका कतिपय रेडक्रसकर्मीहरु काम विशेषले बाहिर गएको परिवेशमा उपलब्ध क्रियाशिल रेडक्रसकर्मीहरुको कार्यक्षमता अभिवृधि गर्न तथा थप तालिम परामर्श एवं पैरविका कार्यक्रमहरु आयोजना गर्न सो कार्यक्रम आयोजना गरिएको स्योर कार्यक्रम अनुमण समितिका संयोजक टेजिना सुवेडीले जनसञ्चार खवरलाई जानकारी दिनु भएको छ । सो अनुभव आदानप्रदानमा प्रशिक्षक ऋषीराम खड्का, प्रकाश श्रेष्ठ र कविता पोखरेल तथा स्योर कार्यक्रमका भक्तपुर जिल्ला संयोजक निलम ढुंगानाको सहभागिता रहेको थियो भने स्वयंसेवकहरुको तर्फबाट न्यून आय, एकल महिला, अपांगता भएका र दलित समूहका प्रतिनिधीहरुको विशेष सहभागिता रहेको थियो। सहभागिहरु बीच पाँच वटा समूह बनाई विभिन्न विषयतग अनुभव प्रस्तुतीकरण समेत गरेका थिए ।