दिवाली पुजाकालागि पशुपन्छि चौपाया विक्रि वितरण कक्षको अनुगमन
भक्तपुर, १२ बैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दिवाली पुजालाई मध्ये नजर गरी पशुपन्छि चौपाया विक्रि वितरण कक्षको अनुगमन भयो । अनुगमनमा विभिन्न स्थानबाट चौपाया पशुपन्छि आयात गर्दा क्वारेन्टानइन चेकजा“चको कागजात नभएको र खरिद बिल प्यान वा भ्याट विल नभएको र बोकाहरु स्वस्थ्य छ छैन भनि अनुगमन गरेको बताउनुभयो ।
खुल्ला बजार र हाट बजारमा पशु वा चौपाया अथवा दिवालीको लागि खरिद गर्ने बोकाहरुको स्वस्थ्य र अस्वस्थ्थ छुट्याई खरिद गर्नुपर्ने हुन्छ । जस्तै पेट फुलेको छ छैन, पखाला लागेको छ छैन, रौं ठाडो र झिङरिड्ड छ छैन, फूर्तिलो छ छैन, आ“खा गाडिएको वा दविएको र चिप्रा र कचेरा आएको छ छैन, कान लवरेको छ छैन, उग्राएको आ“खा गाडिएको वा दविएको र चिप्रा र कचेरा आएको छ छैन, कान लवरेको छ छैन, उग्राएको छ छैन, नाकबाट सिंगान आएको छ छैन, खोक्ने, थाक्ने र धक्ने छ कि छैन आदि हेरी माथिको लक्षणहरु भए उक्त बोका वा चौपाया पशुहरु अस्वस्थ्थ, विरामी भएको हुन सक्ने भएकोले खरिद तथा बध गर्न अयोग्य हुन्छ त्यसैले दिवालीको भोजसंगै उपभोग गर्नेहरु विरामी हुन सक्ने भएकोले उपभोक्ताले खरिदको लागि विचार पु¥याउनुपर्ने संयोजक गोरा बताउनु हुन्छ ।
अनुगमनमा बोका विक्रि पसलहरुले विना दर्ता संचालन गरि राखेकोले न्हुन्छेराम कुटुवा, रमेश कुटुवा, र माइला तामाड्डको पसल दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रिता फसिकवा, भनपा श्यानिटेशन उपशाखाका प्रमुख न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबि व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भगाउर हरिजन, घरेलु कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।













