दुईदिने भक्तपुर घरेलु उत्पादन मेला आजबाट सुरु

दुईदिने भक्तपुर घरेलु उत्पादन मेला आजबाट सुरु
२०७९ चैत्र १८ गते, शनिबार
भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने ‘भक्तपुर घरेलु उत्पादन मेला’ को आयोजना गरेको छ । भक्तपुरको नासमना र तालाक्व टोलमा चैत्र १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भनपा ३ नासमना टोल सम्पन्न भयो ।


कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरुलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशमै उत्पादन हुने सामग्रीहरु सबैले खरिद गरेर सहयोग गर्न विशेष जोड दिनुहु“दै स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।
देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्ने भन्दै उहाँले भक्तपुर घरेलु उत्पादन मेला सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको बताउँदै यस किसिमको गतिविधिले पर्यटन प्रवद्र्धनका लागि मद्दत गर्ने, नया“ नया“ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्न समेत टेवा पुग्ने बताउनुभयो ।
स्वागत मन्तव्य दिनुहुदै वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले मेला अवलोकन गर्न अनुरोध गर्दै भक्तपुरको मौलिक उत्पादन प्रचारप्रसार गर्न यस्ता खालको कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।


कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गरिदै आएको जानकारी दिनुहुदै स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने र यसको व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
दुई दिनसम्म चल्ने मेलाको प्रमुख आकर्षणहरुमा भक्तपुरका मौलिक उत्पादनहरु, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकलाहरु, हस्तकलाका सामाग्रीहरु, नेवारी खाजा स्टल र सांस्कृतिक प्रस्तुती आदि रहेका छन् ।
स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग संघ र पर्यटन विकास समितिको सहआयोजनामा भएको उक्त मेलाको उद्घाटन ¥याली भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ८ जेँला टोलबाट सुरु भई दत्तात्रय, सलागणेश, नागपोखरी, महालक्ष्मी, भुलाछेँ, तुछिमला, तुलाछेँ, त्रिपुरासुन्दरी, दरबार क्षेत्र, खौमा, इताछेँ, बसपार्क, भार्वाचो, तेखापुखु÷वंशगोपाल हुँदै नासमनामा पुगी उद्घाटन कार्यक्रम भएको थियो ।
उद्घाटनपश्चात कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नासमना र तालाक्वमा भएको भक्तपुर घरेलु उत्पादन मेलाको स्थलगत अवलोकन गर्नुभयो ।