स्टुडेन्ट्स बुक फेयरमा बाल साहित्य बाचन

स्टुडेन्ट्स बुक फेयरमा बाल साहित्य बाचन
भक्तपुर, माघ ६ गते
बाल बालिकामा मोबाईल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण मनोसामाजिक क्षेत्रमा पारेको प्रभावहरुलाई आज स्टुडेन्स् बुक फेयरमा बाल कथाको रुपमा प्रस्तुत भएको छ । बुक फेयर हेर्न आएका बालबालिकाको बास्तविक कथा जस्तो गरी नर्सिङ्ग पेसामा रहेका बिना प्रजापतिले बालबालिकामा मोबाईल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पारेको प्रभावहरुको सुक्ष्म विश्लेषणात्मक कथा प्रस्तुत गरेका थिए । उनले भने यो वास्तविक कथा हो, आफ्ना बालबालिकामा मानसिक रोग देखिएपछि समाजले फलानाका छोरा वा छोरी पागल भएछ भन्लान भनि उपचारका लागि समेत धिला गरि आउने गरेको भन्दै बाल स्वास्थ्यमा खेलवाड नगर्न उहाँले आग्रह गरे । कलिलो उम्मेरमै मोबाइलको लत लाग्नुले बालबालिकाको स्वास्थ्य र पढाईमा मात्र नभई अभिभावकहरुलाई नराम्रोसँग सताईरहेकाले त्यस्तो लक्षण देखिने बितिकै चिकित्सकको परामर्श लिन धिलाई नगर्न आग्रह गर्दै नर्स प्रजापतिले बालबालिकाले पनि अनलाईन गेम खेलेर हार्ने बितिक्कै सर्बोस्व हारे जस्तो गरी मानसिक रोगी हुन नहुने उल्लेख गरे । बालबालिकाले दिनमा मोबाइल कति खेल्ने मोबाइलबाट अलाम दिने एप भए पनि त्यसको बेवास्ता गर्नाले पनि बालबालिकाहरुमा मानसिक समस्या देखिएको उल्लेख गर्दै उनले बालबालिका सृजनसिल हुन आग्रह गरे ।
बालबालिकालाई सृजनसिल हुन बाल साहित्य र पुस्तकहरु पढ्नुपर्नेमा जोड दिदै अर्का बालसाहित्यकार कृष्णदेब संजेलले झरेका पाठको अनुभूति र आदिको खालि दिमाग जस्तो बाल मनोविज्ञानमा आधारित कथाहरु सुनाएका थिए । कथाकार संजेलले बालबालिकाको भाषा, बोलिचालि राम्रो बनाउन, अनुशासित हुन धेरै भन्दा धेरै किताब पढ्ने बानि विकास गर्नुपर्नेमा उहाँले जोड दिए । कथा बाचन पूर्व हरिहर तिमल्सेना, अभय श्रेष्ठ सहित बालसाहित्यकार, शिक्षक, विद्यार्थीहरुले पनि आआफ्ना कविता र साहित्य बाचन गरेका थिए ।
महेश्वरी बैक्वेट भित्र हिजो देखि सुरु भएको बुक फेयर हेर्दै बाल कविता र कथा सुनेर आज पनि हजारौ बालबालिकाहरुले स्टुडेन्ट्स बुक फेयरमा सहभागिता जनाएका थिए । बुक फेयरको भोलि अन्तिम दिन शनिबार पनि पुस्तक प्रदर्शनी हुने र बाल रोग विशेषज्ञ डाक्टर अरुना उप्रेतीसँग अन्तरसम्बाद र सांस्कृतिक कार्यक्रम आयोजना हुने आयोजक समितिका निरज लवजुले जनाए ।