निर्वाचन आचारसंहिता कार्यान्वयन भन्दा उलंघनमा होडबाजी!

निर्वाचन आचारसंहिता कार्यान्वयन भन्दा उलंघनमा होडबाजी
भक्तपुर, कार्तिक १ गते

 

निर्वाचन कार्यालय भक्तपुरले आज निर्वाचन आचार सहिता बारे भक्तपुरका राजनैतिक दलका प्रतिनिधी र पत्रकारहरु बीच भएको अभिमुखिकरण एवं अन्तरक्रियामा निर्वाचन आचार संहिता कार्यान्वयनमा दलहरु बीच सकस देखिएको छ । सत्तासिन दलहरुले निर्वाचन घोषणा भइ सक्दा पनि विभिन्न बाहानामा आआफ्नो पार्टीका झण्डा र ब्यानरहरु तांगेर आचार संहिता उल्लंघन गरेको अन्तरक्रियामा सहभागि एमाले र कांग्रेसका नेताहरुले आपसमा आरोप प्रत्यारोपहरु लगाएका थिए । एमालेले कांग्रेसले निर्वाचन आचार सहिता उल्लंघन गरेको भनियो, कांग्रेसले पनि एमालेले ठाउँ ठाउँमा आचार सहिता उलंघन भएको हुँदा हुँदै आफूहरुलाई प्रहरी लगाएर तर्साउने काम भएको आरोप लगाए । आचार संहिता मान्नुपर्छ भन्दा भन्दै ति दलहरुले पनि आचार संहिता उलंघन गर्दै उम्मेदबारको नाम दर्ता गराएको पनि स्वीकारे । यद्यपी शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न दलहरुले अहिलेसम्म गरेका टुत्रिहरुलाई सच्याउँदै पूर्णरुपमा आचार सहिता मान भने तयार रहेको सो अवसरमा जनाए । एमाले र कांग्रेसलाई मात्रै प्रमुख प्रतिध्वधिका रुपमा निर्वाचनलाई लिन नहुने अर्का राजनैतिक दलका प्रतिनिधीले पनि सवाल उठाए । भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपाल बास्कोटको सभापतित्वमा भएको सो अन्तरक्रियामा जनताको मताधिकारको सुचिश्चित गर्न सबैले आआफ्नो आचार संहिता पूर्ण रुपमा कार्यान्वयन हुन आवश्यक भएकोमा जोड दिदै मुख्य निर्वाचन अधिकृत बास्कोटाले आम निर्वाचनमा एक दिन मात्रै मतदाता शिक्षा दिएर नपुग्ने भन्दै निर्वाचन आयोग र विभिन्न राजनैतिक दलहरुबाट भए पनि मतदाता शिक्षा दिएर बदर मत घटाउनु सके मात्रै निर्वाचन सफल हुने बताउनु भयो । विभिन्न राजनैतिक दल र पत्रकारहरु बीच भएको सो छलफलमा उठेका सवालहरुको सहजिकरण गर्दै उहाँले विगतका निर्वाचनहरुको तुलनामा क्रमिकरुपमा आचार संहिता कार्यान्वयन हुँदै आएको, कम खर्चमा निर्वाचन हुन थालेको बताउँदै छिटफुटरुपमा घटेका आचार संहिता उलंघनका घटनाहरुलाई सच्याउन आग्रह गर्नु भयो ।
आफूहरु कसैको नभएको शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न सबैको साथमा रहेको मुख्य निर्वाचन अधिकृत बास्कोटाले सो अवसरमा जोड दिदै निर्वाचन सम्पन्न गर्न र छिटो छरिटो मतगणनाको ब्यवस्थापन गर्न आफूहरुको ध्यान केन्द्रीत भएको बताउनु भयो । निर्वाचन अधिकृत लोकनाथ पराजुलीले घिला भए पनि धैर्य गरेर सही सूचना दिन राजनैतिक दल र पत्रकारहरु सबै मिलेर निर्वाचन सफल पार्नुपर्नेमा जोड दिनु भयो । निर्वाचन आचारसंहिता उलंघनका घटनाहरुमा कार्वाही र दण्ड जरीवाना गरेर मात्रै निर्वाचनमा सहयोग पुगेको मान्न नसकिने भएकाले सबैले आचार संहिता र जिम्मेबारीता पूरा गर्न उहाँले आग्रह गर्नु भयो । सकेसम्म त्रुटि रहितहोस् छिटो छरिटो होस , प्रभावकारी होस भन्ने अपेक्षामा निर्वाचनको तयारी भइरहेको उहाँले बताउनु भयो । भक्तपुर जिल्ला सुन्दर र प्राकृतिक जिल्ला भए पनि आफू थप कुरामा परिचित नभएता पनि भेडभाव नहुने गरी आफूले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने बताउनु भयो ।
सो अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आम निर्वाचन लोकतन्त्रको माध्यमबाट नागरिकको संबैधानिक हक अधिकार संरक्षण र प्रवर्धन गर्न सूचनाको हक अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । सही सूचना दिएर नागरिकलाई सही तरिकाले मतदान गर्न गराउन निर्वाचन आचार संहिता पूर्णरुपमा कार्यान्वयनका लागि आग्रह गर्नु भयो ।
जिल्ला निर्वाचन अधिकारी नरेन्द्र प्रसाद न्यौपानेले राजनैतिक दल र पत्रकारहरुको निर्वाचन आचार संहिता बारे प्रस्तुतुीकरण भएको सो कार्यक्रममा निर्वाचन अनुगमणलाई पनि थप प्रभावकारी बनाउने, गुनासो आउने बितिक्कै मौखिक सुझाब र त्यसलाई नमान्नेमा कार्वाहीका लागि पत्राचार तुरुन्तै गर्ने तयारी भएको सो अवसरमा निर्वाचन अनुगमण अधिकृतले जानकारी दिनु भयो ।
अन्तरक्रियामा सहभागि विभिन्न राजनैतिक दल र पत्रकारहरुले उठाएको सवालहरुमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत प्रमुख जिल्ला अधिकारी, अनुगमण अधिकारीले सहजिकरण गरेका थिए । सो अवसरमा सहभागि पत्रकारहरुले निर्वाचन आयोगले निर्वाचनको रिपोटिग गर्न र मतदाता शिक्षा दिन पत्रकारहरुलाई आवश्यक स्रोत परिचालन नगरेकोमा आपति जनाउनु भयो ।