नेपाल भाषाको चलचित्र ‘ईन्दिरा धिमे मैचा’को शुभ मुहर्त

भक्तपुर, असोज २ गते

नेपालका पहिलो धिमेबादक महिला इन्दिरा लाछिमस्युको जीवन कथामा आधारित नेपाल भाषाको चलचित्र बन्ने भएको छ । धिमे बाजाबाट नाम र दाम समेत कमाउन सफल संगीतकार इन्दिराले धिमे बजाउन बाल्य काल गरि गरेको संघर्षका कथाहरुलाई रोमान्तिक, सामाजिक र सांस्कृतिकरुपले समेत दर्शकलाई लोभ्याउने विषयवस्तुहरुलाई पस्किने भएको हो । उनले जनसञ्चार टेलिभिजनसँग संक्षिप्तरुपमा कुरा गर्दै भन्ने धिमे मैचा चलचित्र बन्दै छ । यस चलचित्रमा ९० प्रतिशत कथाहरु वास्तिविक छन् । आफ्नो धिमे यात्रालाई लेखक। निदेर्शक सुरेन्द्र तुलाघरलाई बताएपछि तुलाघरले चलचित्र नै बनाउने भनि आज शुभ मुहुर्त हुन लागेको छ । म धेरै खुसी छु । मैले भोगेका बास्तविक अनुभवहरु चलचित्रमा हेर्न लायक हुने छन् । चलचित्र ६ महिनामा बजारमा आउने छ ।
इन्दिरा धिमे मैचा नामको नेपाल भाषाको चलचत्रि बन्ने भएपछि शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सो चलचित्रको शुभ मुहर्त गरेका हुन । सो चलचित्रको गोपाल काजी कायस्थको प्रस्तुती, निर्मातामा सुरेन्द्र शाक्य र लेखन र निर्देशनमा सुरेन्द्र तुलाधर रहेका छन् । चलचित्र आफ्नै कथाब्यठामा बन्ने भए पनि आफू कलाकार भने नभएको धिमेबादक इन्दिराले बताए ।