समय साकोसको १२ वार्षिकोत्सव सम्पन्न
भक्तपुर, असोज २ गते
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्त सहितको विदेशी सहयोगलाई अस्विकार गर्दै भक्तपुर नगरपालिकाले आफ्नै खुट्टामा उभिएर नगरका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै आएको बताउनु भएको छ । समय साकोसको १२ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा उदाहरणीय र गन्तव्यस्थलको रुपमा विकास गर्दै आएको बताउनु भयो । संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजूको सभापतित्वमा भएको सो कार्यक्रममा भनपा ८का वडाध्यक्ष कृष्णप्रसाद कोजूले नगरवासी र वडाबासीहरुको सहभागितामा सामूहिक भावनाका साथ जनप्रतिनिधीहरुले समुदायका लागि क्रियाशिल रहेको उल्लेख गर्नु भयो ।
२ करोड ७२ लाख ५० हजार भन्दा बढी शेयर पूंजी र एक करोड १० लाख भन्दा बढी सम्पति आर्जन गरि सकेको समय साकोसको १२ औं वार्षिक साधारण सभामा सिद्धिगणेश, भक्तपुर साकोस सहित विभिन्न मित्र सहकारीहरुका प्रतिनिधीहरुले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै सो अवसरमा एसईई २०७९का विद्यार्थी, असल ऋणी र बचतकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














