भक्तपुर काण्ड !

भक्तपुर काण्ड !
 रामकृष्ण प्रजापति
प्रकृति असन्तुलन बनाएर
भुकम्प मचाएका थियौं
बाँचेर आएँ ।
पक्षपाती राहत बनाएर
दियौं भन्ठानेका थियौं
भिड छिचोलेर आएँ ।
लेनिनवादी भएर पञ्चायतमा धुसेँ
क्रान्तिकारी भएर प्रतिकृयावादी नङ्गाएँ
रापस भएर जनताको सेवा गरेँ
खेत खलिहानमा गएर मोहियानी बचाएँ
शिक्षक भएर निरक्षरलाई सिकाएँ
तर लोभ लालचमा फसेर
मण्डलेसंग मिल्न गएँ
बलिको बोको बनाएर
धुमायौं भन्ठानेको थियौं
लास भएर आएँ ।
जसले गर्दा
सन्नता छाएको भक्तपुर
युद्धबन्दी भन्दा बर्बर यातना दियौं
इस्पात क्रान्तिकारी भएर आएँ ।
मजदुर किसानका भगबान
अन्र्तराष्ट्रियवादी व्यक्तित्व
भक्तपुरका पर्यावाचि व्यक्तित्व
भक्तपुर काण्ड मचाएर
हत्यारा बनाएका थियौं
छुटेर आएँ ।
षडयन्त्रमा पुरेर
नाष्यौं भन्ठानेका थियौं
निरंकुशता तोडेर आएँ ।
निडर भएर जनतामा उभिएँ
गरिब भएर झुपडिमा मिसिएँ
महिला भएर सारीमा बेटिएँ
किसान भएर खेतमा विताएँ
फाँसी मागेर
जेलनेलमा याताना दियौं
फेरि शाहसीएर आएँ ।
सर्जमिन बकाएर
सर्वस्व हरण जन्मकैद मागेका थियौं
फेरी उन्मुक्त भएर आएँ ।
विचार भएर सर्वत्र छरिएँ
सिद्धान्त भएर पार्टीमा जमेँ
इमान्दार भएर समाजमा धुमेँ
कामदार भएर मजदुरमा पुगेँ
इतिहासको पानामा मेट्न खोज्यौं
फेरी तिम्रै अगाडि छुटेर आएँ ।
समुल नष्ट गर्ने भनेर
भक्तपुर काण्डमा थन्काएका थियौँ
फेरि जननेता भएर आएँ ।
षड्यन्त्र सदासदाका लागि
निमिट्यान्न पार्ने योजनामा छु
लुटको स्वर्गलाई
खोस्ने अभियानमा छु ।

धन्यवाद !