जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ६ खलढुङ्गा बस्ती पहिरोको उच्च जोखिममा ।
मान बहादुर कुँवर, रेडियो खुला आकाश, जुम्ला
जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ६ खलढुङ्गा बस्ती पहिरोको उच्च जोखिममा छ । गाउँमाथी कयौं ढुङ्गाले जमिन जमिन छोडेपछि अधिकांश स्थानीयहरु ज्यान जोगाउन लेकमा सरेका छन् । बस्ती स्थानान्तर नहुँदा कतिपय जोखिम मोलेरै बसिरहेका छन् । जुम्लाको हिमा गाउँपालिका ६ को खलढुङ्गा बस्तीमा असार ४ गतेको पहिरोले १० वटा घर भत्किए । बस्ने घर नहुँदा अहिले लेकमा बास बस्नुपरेको छ । अरु गाउँका मानिस पानी प¥यो भने घरभित्र पस्छन् तर खलढुङ्गाका स्थानीय आकाशमा कालो बादल लाग्ना साथ घर छोडेर भाग्नुपर्छ । स्थानीय ८० वर्षका रुपकला अधिकारीलाई पनि यहि बाध्यता छ । पाँच वर्ष अघि यो बस्तीमा भिरालो पाखोबाट ठुला ठुला ढुङ्गा खसेका थिए । घर भत्कियो तर मानवीय क्षति भने भएन । त्यतिबेला खस्न लागेका ढुङ्गाहरु स्थानीयले पर्खाल लगाएर रोकेका थिए । अहिले पर्खालनै च्पापेर ढुँगाहरुले जमिन छोडिसकेका छन् । भिरालो पाखोबाट सैयौं ढुङगा गाउँमा खस्ने जोखिम छ, हरेक क्षण आफुहरु मृत्युसँग लडिरहँदा सरकार बेखबर बनेको स्थानीय तीर्थ अधिकारी बताउनुहुन्छ । असार पहिलो साताको पहिरोले विस्थापित भएकाहरुले छिमेकीको साहारामा बसिरहेका छन् । पहिरोले घर भत्काएपछि तीन साता देखी छिमेकिको घरमा बस्दै आउनुभएका स्थानीय मुनराज अधिकारी सबैले बस्तीको समस्यालाई नजरअन्दाज गरिहेको गुनासो गर्नुहुन्छ । गाउँपालिका का अध्यक्ष रज बहादुर शाहीका अनुसार गाउँ कार्यपालिकाबाटै आर्थिक वर्ष ०७६÷०७७ मा बस्ती स्थानान्तर गर्ने निर्णय गरिएको छ । तर पालिकाको बजेटले बस्ती स्थानान्तर गर्न सम्भव छैन ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














