पत्रकारिताका विद्यार्थीहरुलाई काउन्सिलमा आचारसंहिता अभिमुखीकरण
भक्तपुर, ४ साउन
प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ ।
कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो ।
सो अवसरका काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस स्वतन्त्रता प्रजातन्त्रको जग भएको र यसको भरपुर उपयोग गराउन पत्रकार र पत्रकारिता अध्ययनरत विद्यार्थीहरु लागि पर्नुपर्ने धारणा राखे ।
बागीश्वरी कलेज पत्रकार उत्पादन गर्ने थलोको रुपमा प्रसिद्धि हुँदै गएको र काउन्सिलले वर्षेनी कार्यरत एकता गर्दै जाने स्पष्ट पार्दै उनले भने,‘ मिडिया साक्षरताका लागि पत्रकारिता विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रबाट गर्न सक्ने र मिडियाबाट जनतालाई समस्या भए काउन्सिलमा उजुरी गर्न सिकाउनुपर्दछ । ’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता स्वतन्त्र हुनुपर्ने र पत्रकारिता गर्दा पत्रकार आफै पनि स्वतन्त्र हुनुपर्ने बताए । बागीश्वरी कलेजले पत्रकार उत्पादनका लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिइ अध्ययन भ्रमणका साथ अभिमुखीकरण गर्दै आएकोमा खुशी प्रकट गरे ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलमा स्वागत गर्दै आचारसंहिता हरेक क्षेत्रमा रहेको र पत्रकारिता क्षेत्रमा झनै स्पष्ट रुपमा रहेको बताए ।
विद्यार्थीहरुलाई अभिमुखीकरण गराउँदै प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले पत्रकार र सञ्चारमाध्यमले गर्न हुने काम १४ ओटा र गर्न नहुने १४ ओटा कामका बारेमा प्रशिक्षण दिए । मिडिया अनुगमन निरन्तर रुपमा अनलाइन प्रविधिबाट भइरहेकाले मिडियाहरुले जे पायो त्यहि गर्न नसक्ने स्पष्ट पारे । नेपालमा ८ हजार छापा, ११ सय रेडियो, डेढसय टेलिभिजन र ३ हजार ५ सय ओटा अनलाईनहरु दर्तामा देखिएको जानकारी दिए ।
काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले मिडिया अनुगमन निरन्तर रुपमा भइरहेको र अटोमेटिक रेकर्ड हुने सिस्टमका साथ कार्य भइरहेको बताए ।
काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंह र मिडिया अनुमगनकर्ता राजन सिंहले आफूहरुले मिडिया र पत्रकारिताको अध्ययन वागीश्वरी कलेजमा नै गरेको र आफूहरुका सहपाठीहरु विभिन्न मिडियाहरुमा पाउँदा गर्वको अनुभुति हुने गरेको बताए ।
वागीश्वरी कलेजका पत्रकारिता तथा आमसञ्चार शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरुलाई अभिमुखीकरण गरेर भविष्यका पत्रकारहरुलाई थप सचेत बनाएकोमा प्रेस काउन्सिललाई धन्यवाद ज्ञापन गरे ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














