नेवार समुदायले आज ११ औं नेवा एकता दिवस मनाएका छन् । प्राचिन सभ्यताले परिचित खोकना र बुङ्गमतिका समुदायको बीचमा देशभर रहेका नेवार समुदायको सहभागितामा आज नेवा एकता दिवस मनाउने भएको “नेवा दे” दवुका अध्यक्ष नरेश ताम्राकारले जनाएको छ । नेवा एकता दिवसले नेवार समुदायको सांस्कृतिक, पहिचानको संरक्षणका लागि खोकनाको सभ्यतालाइ विश्व सम्पदामा सुचिकृत गराउने माग सहित खोकना धोषणा पत्र समेत जारी गर्ने कार्यक्रम रहेको उहाँले जनाएका छन् । नेवा एकता दिवसको अवसरमा आज खोकनामा साँस्कृतिक बाजागाजा र नाचगानका साथ तयारी भइरहेका उहाँले जनाएका छन् । २०६८ सालको जनगणना अनुसार देशभर १३ लाख भन्दा बढी नेवार समुदाय रहेको उहाँले बताए । त्यस मध्ये राज्यले नेवार समुदायको भाषा संस्कृति माथि दमन गरेको उल्लेख गर्दै उहाँले पहिचान सहतिको राज्य संरचना हुनुपर्नेमा जोड दिनु भएको छ ।













