सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल
२०७९ असार २२ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल गर्नुभएको छ ।
प्रमुख प्रजापतिले बुधाबर पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेटी भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पच्पन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण प्राप्त पुराना प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाई सहयोग गर्न लिखित अनुरोध गर्नुभयो । उहाँले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
सोही क्रममा महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुहुँदै उक्त प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको बताउनुभयो ।
सोही क्रममा भक्तपुर नपा वडा नं. ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिर भित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गर्नुभयो । भक्तपुर नपाले यस अघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो ।
Featured Posts – Style 1
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
2026-09-10 Comments Off on खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउभक्तपुर, भाद्र २५ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी...
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
2026-09-09 Comments Off on नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास...
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
2026-09-09 Comments Off on प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोगकाठमाडौंः मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन...
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
2026-09-09 Comments Off on हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई मजदुर दैनिक राष्ट्रिय पत्रिकाले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ...













