सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल
२०७९ असार २२ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल गर्नुभएको छ ।
प्रमुख प्रजापतिले बुधाबर पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेटी भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पच्पन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण प्राप्त पुराना प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाई सहयोग गर्न लिखित अनुरोध गर्नुभयो । उहाँले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
सोही क्रममा महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुहुँदै उक्त प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको बताउनुभयो ।
सोही क्रममा भक्तपुर नपा वडा नं. ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिर भित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गर्नुभयो । भक्तपुर नपाले यस अघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...
असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
2026-10-26 Comments Off on असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज...
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
2026-10-26 Comments Off on स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचनललितपुर,वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना...
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...













