भारत परस्त सरकारका कारण देश परनिर्भर बन्योः अध्यक्ष विजुक्छे
भक्तपुर, असार ३ गते
सत्तासिन दलहरुले कमिशनको लोभमा देशलाई आत्मनिर्भरतातर्फ डोर्याउन नचाहेकाले देश परनिर्भर बनेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले कमिसनका कारण गुणस्तरीय औषधी देशमा नभित्रिएको र उपचारका लागि धेरै संख्यामा विदेश जाने गरेकोप्रति तिप्पणी गर्दै उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुलाई बढाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ । सिद्धिस्मृति प्रतिष्ठान तथा सिद्धिस्मृति महिला तथा बाल अस्पतालले आज सो अस्पतालमा आयोजित सम्मान समारोहमा अध्यक्ष विजुक्छेले चीनबाट रासायनिक मल बनाउने प्रविधिको स्थलगत निरिक्षण गरी सरकारलाई बुझाउँदा पनि मल कारखाना स्थापना नगरेको, हेटौडा कपडा उद्योगहरु बन्द गरी भारतलाई रिझाउने काम मात्रै गर्दै आएकोले देशको अर्थतन्त्र धरासायी भएको बताउनु भयो । अध्यक्ष विजुक्छेले देशलाई आत्मनिभर बनाउन जोड दिनु भयो ।

सो अवसरमा अस्पतालले दिएको सम्मान ग्रहण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका नाफामुखि संस्था नभई सेवा मुखि भएको बताउनु भयो । जनताको करबाट चलेको नगरपालिकाभित्र ५सय शैय्या भन्दा बढीका अस्पतालहरु रहँदा पनि आफ्नै सय शैय्याको अस्पताल नभएको भन्दै ख्वप नर्सिङ्ग कलेज गतसाल बन्द गराउनु सरकारको जनविरोधी कार्य भएको बताउनु भयो । यस वर्ष ३ महिनाको अर्थकप्रयासपछि ख्वप अस्पताल सय शैय्याको स्वीकृति भएपश्चात नर्सिङ्ग कक्षा सञ्चालन हुने भएको बताउनु भयो । उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले जनताको आधारभूत आवश्यकताहरुमा ध्यान दिँदै नगरको मौलिक शैलीको संरक्षणमा जोड दिँदै आएको बताउनु भयो । स्वास्थ्य क्षेत्रका अस्पतालहरुको भवनहरु प्नि परम्परागत एवं मौलिक शैली र प्राविधि मैत्री हुनुपर्नेमा जोड दिनु भयो ।
सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले सभाको सभापतित्व ग्रहण गर्दै प्रतिष्ठान र अस्पतालको विकासक्रम बारे जानकारी दिनु हुँदै विभिन्न स्वदेशी तथा विदेशी सहयोगि निकायहरुको अर्थक प्रयास र सहयोगहरुबाट क्रमिक रुपले अस्पतालको विकास गर्दै आएको बताउनु भयो । सो प्रतिष्ठानले महिला तथा बालबालिकाको विशेषज्ञ अस्पतालको रुपमा वार्षिक ३८० भन्दा बढीको प्रसुति सेवा दिन सफल भएको बताउँदै सिद्धिस्मृति वृद्धाश्रम र बालगृह संचालनमा ल्याएको बताउनु भयो । जनताको स्वास्थ्य सेवा गर्नु बाहेक अरु उदेश्य नभएको बताउँदै अध्यक्ष धौभडेलले सडक दुर्घटनाबाट दिवंगत भएका आफ्ना एक मात्र छोराको स्मृतिमा सिद्धिस्मृृति प्रष्ठिान र अस्पतालको सुरुवात एक कोठे स्वास्थ्य केन्द्रबाट नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको हातबाटै भएको स्मरण गर्नु भयो ।
स्थानीय वडाध्यक्ष उकेश कवांले कोरोना जस्तो संकतमा सामुदायिक अस्पतालको भूमिका महत्वपूर्ण रहेको कुरा सिद्धिस्मृति अस्पतालको सेवाबाट प्रष्ट भएको बताउनु भयो । यसै गरी वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले स्वास्थ्य क्षेत्रमा सरकारी अस्पतालमा सेवा नहुने तर निजी अस्पतालमा पैसा तिरेर सेवा लिन सकिने गरी विभेडपूर्ण कार्य कमिसनकै कारण भइरहेको प्रष्ट्याउनु भयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले सो अवसरमा भक्तपुर नगरपालिका देशकै उत्कृष्ठ र उदाहरणीय रुपमा प्रस्तुत भइरहँदा गौराम्भिवत भइरहेको बताउँदै जनस्वास्थ्यका क्षेत्रमा पनि उदाहरणीय कार्य हुनेमा विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा भक्तपुर फुटवल टिमका उत्कृष्ठ खेलाडी तथा रेफ्रीलाई अध्यक्ष विजुक्छेले सम्मान ब्यक्त गर्नु भएको थियो ।














