भक्तपुरमा २।३ दिन भित्रै मेलम्चीको पानी वितरण गर्ने तयारी

भक्तपुरमा २।३ दिन भित्रै मेलम्चीको पानी वितरण गर्ने तयारी
भक्तपुर, जेष्ठ ९ गते

भक्तपुर नगरमा २।३ दिन भित्रै मेलम्चीको पानी वितरणको तयारी गरेको छ । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको निरन्तर प्रयासले अवको दुई तीन दिन भित्र मेलम्चीको खानेपानी वितरण हुने भएको हो ।काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको कार्यालय प्रमुख मिलनकुमार शाक्यले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहित नगरका जनप्रतिनिधीसँगको छलफल र स्थलगत निरिक्षण पश्चात भक्तपुर नगरमा अवको २।३ दिन भित्र मेलम्चीको पानी वितरण गर्ने तयारी भएको जनाएको हो । यस भन्दा अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पद्भार ग्रहण गरेकै दिन कटुञ्जेमा बनेको खानेपानी ट्याकीको निरिक्षण गरी जेष्ठको दोस्रो हप्ता भित्र खानेपानी वितरण गर्ने तयारी थालेको जनाएको थियोे । जनप्रतिनिधीले नै जनताको खानेपानीको साझा समस्या समाधन छिटो छरिटो गरि दिन पहल गरेपछि अवको २।३ दिन भित्र पानी वितरण गर्ने कार्यालय प्रमुख शाक्यले जनाएको हो । कटुञ्जेको ८० लाख लिटर अत्ने पानी ट्याकीबाट भक्तपुर नगरको तौमढी माथिका समुदायलाई सहजरुपमा खानेपानी वितरण हुन सक्ने नगर प्रमुख प्रजापतिको अनुमान छ ।
सो अवसरमा खानेपानीको स्रोत बढाउन केयुकेल जुति रहेको उल्लेख गर्दै कार्यालय प्रमुख शाक्यले सुन्दरी जलमा थप १० करोड लिटर पानी थप्ने योजना बनि रहेको पनि बताउनु भयो । उहाँले भक्तपुरमा खानेपानीको सहज व्यवस्थापनका लागि महादेव खोलामा बाँध बाँधेर पानी वितरण गर्ने योजना बनाउन निरन्तर पहल गर्दै आएको बताएको छ । सो अवसरमा नगर प्रमुख प्रजापति सहति उपप्रमुख रजनी जोशी, नगरपालिकाका प्रमुख प्रशासनीय अधिकृत कृष्ण गिरी, केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय,ई चेतबहादुर ऐरको लगायतको उपस्थितिथि थियो ।