भक्तपुर नगरपालिकाको सम्पूर्ण पद्मा अत्यधिक मतले मादल विजयी
भक्तपुर, जेष्ठ १गते
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको मादलले सम्पूर्ण पद्मा अत्यधिक मतले विजयी भएको छ । मादलको नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले २९२०० मत, उपमेयर रजनी जोशी श्रेष्ठले २९६९५ मत सहित १ देखि १० वडा सम्मका सम्पूर्ण जनप्रतिनिधीहरु निर्वाचित भएको छ । निर्वाचन अगाडी नै दुई जना दलित उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको यस नगरपालिकामा निकतम प्रतिद्वन्धी रुखले प्रमुख र उपप्रमुखमा ३३५२ र १९७८ प्राप्त गरेका थिए भने नेकपा एमालेको सूर्यले २८३७, २७८४ मत प्राप्त गर्दा २५ हजार भन्दा बढी मतान्तरले नेमकिपाको मादलका जनप्रतिनिधीहरु विजयी भएका हुन । विजय पश्चात जनतासँग छलफल गरी जनताको आवश्यकता र नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार काम गर्ने नगर प्रमुख प्रजापतिले प्रतिबधता ब्यक्त गर्नु भयो । अत्यधिक बहुमतले विजयी भएपछि जनप्रतिनिधीहरुले आआफ्नो वडामा विजयर्याली गरेका थिए भने भोलि नगरभर विजयर्याली गर्ने तयारी छ ।
भक्तपुर नगरपालिकामा ५७२७० मतदाताहरु मध्ये ४३३५९ जनाले मतदान गरेका थिए । सो मतगणना सम्पन्न हुँदा करिव ७० प्रतिशत मत प्राप्त गरी मादलले सान्दार जित हासिल गरेको हो । सो नगरपालिकाको वडा नम्वर १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले निकतम प्रतिद्वन्धी सूर्य रुख सहितको गठबन्धनले प्राप्त गरेको ८५३ मत विरुद्ध २१४३ मत प्राप्त गरी विजयी भएका थिए भने वडा नम्वर २ मा हरिप्रसाद बासुकलाले २६२५ मत प्राप्त गरी विजयी भएको थियो । वडा नम्वर ३ का राजकृष्ण गोराले पनि निकटम प्रतिद्वन्धी रुखको ७०५ विरुद्ध २६२५ मत प्राप्त गरी विजयी भएका थिए । वडा नम्वर ४का उपेन्द्र सुवालले पनि निकतम प्रतिद्वन्धी रुखको ७११ को ५ गुण बढी ३५६२ मत प्राप्त गरी विजयी भएका थिए भने वडा नम्वर ५ मा मादलकै योगेन्द्र मान बिजुक्छेले निकतम प्रतिद्वन्धी रुखको ६५७ को करिव ४ गुण भन्बदा ढी २७७६ मत ल्याएर विजयी भएका थिए । यसै गरी वडा नम्वर ६का पिएचडीवाला डाक्टर वडाध्यक्षको नामले परिचित हरिराम सुवालले ३२४१ मत लिएर विजयी भएका थिए । उनको निकतम प्रतिद्वन्धी सूर्यले ३२५ मत पाएका थिए । वडा नम्वर ७मा मादलका उकेश कवांले ३९६९ मत लिएर विजयी भएका छन् भने ८ वडामा मादलका कृष्णप्रसाद कोजूले २२७९ मत प्राप्त गरी विजयी भएका हुन । उनको निकतम प्रतिद्वन्धी सूर्यले ११९ मत प्राप्त गरेका थिए भने वडा नम्वर ९मा मादलका रविन्द्र ज्याख्वले ४२२७ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्धीले २८७ मत मात्र प्राप्त गरेका थिए । यसै गरी वडा नम्वर १०का मादलका लक्ष्मिप्रसाद ह्यौमिखाले २६२६ मत प्राप्त गरिी वियी भएका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














