भक्तपुर कप फुटवल स्थगित
भक्तपुर, माघ १२
भक्तपुरमा माघ १४ गतेदेखि हुने भनिएको भक्तपुर कप फुटवल प्रतियोगिता स्थगित गरिएको छ । आयोजक युवा टिम गोल्मढी भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता स्थगित गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा टिमका अध्यक्ष केशव त्वानाबासुले कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता हाललाई स्थगित गरेको जनाए । कोरोना भाइरसको महामरीमा कमी आई वातावरण अनुकुल हुनेवितिकै प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी उनले गराए ।
आयोजक युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले प्रतियोगिताका लागि धेरैले सहयोग गरेको भन्दै सहयोगी सवैप्रति धेरैधेरै धन्यवाद व्यक्त गरे । उनले प्रतियोगिता सुरु हुने बेला उक्त सहयोग पुनः प्राप्त हुने विश्वास व्यक्त गरे ।
युवा टिमका सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले प्रतियोगिता भावी दिनमा अझ वढी भव्य हुने विश्वास लिए । उनले प्रतियोगिता गर्नका लागि धेरैको सहयोग व्यक्त भएको भन्दै आगामी दिनमा पनि सहयोग हुनेमा आफू विश्वसस्त भएको बताए ।
युवा टिमका सचिव रामेश्वर मचामसी, भक्तपुर नगरपालिका वडा नं ७ का पूर्व वडा अध्यक्ष शिवनारायण ग्वाछा, युवा टिमका पूर्व अध्यक्ष तुल्सीनारायण ग्वाछालगायतको सहभागितामा कार्यक्रम भएको थियो ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...













