मेडिकल कलेजको मनोमानी सामु निरिह नबन्न गृहमन्त्रीलाई शिक्षा मन्त्रीको आग्रह ।।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएसका विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाहीमा ढिलो नगर्न गृहमन्त्री बालकृष्ण खाँणसँग अनुरोध गर्नुभएको छ । हिजो साँझ आन्दोलनरत विद्यार्थी र सङ्गठनहरूसँग छलफल गरिरहेको बेला मन्त्रालयबाटै पौडेलले गृेहमन्त्री खाँणलाई टेलिफोन गरी राज्य निरिह हुन नहुने बताउनुभएको हो । सीआईएनसँग कुराकानी गर्दै मन्त्री पौडेलले कलेजको चावी सरकारलाई बुझाउने धम्की दिएर निजी मेडिकल कलेजहरू गैरजिम्मेवार हुन नपाउने बताउनुभयो । २०७५ मा बनेको चिकित्सा शिक्षा ऐन्ले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिइएको बताउँदै विद्यार्थीले दिएका प्रमाण गृहमन्त्रालयमा पठाइसकेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो । गत पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन् २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
2026-10-27 Comments Off on खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान भक्तपुर, १०...
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...












