प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदै ।

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदै ।।
प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आजपनि ४ खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई गरी ४ खेल हुन लागेको हो ।टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछ।यस्तैमुलपानीमा हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ भने दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।