सामुदायिक प्रसारणमा महिला सहभागिता सुनिश्चत गर्ने प्रतिवद्धता र महिला सवालमा सहकार्य गर्न तीनै तहका सरकारलाई आह्वान गर्दै सामुदायिक रेडियोहरुको राष्ट्रिय महिला परामर्श भेला धादिङमा सकिएको छ । दुई दिनसम्म चलेको राष्ट्रिय महिला परामर्श भेलाले ७ बुँदे प्रतिवद्धता र ५ बुँदे मागसहितको १२ बुँदे धादिङ घोषणापत्र जारी गरेको छ । धादिङ जिल्लाको गल्छी गाउँपालिका भएको भेलाले सामुदायिक रेडियोहरुमा महिला मैत्री नीति र संरचना निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल र सवै सामुदायिक रेडियोको नेतृत्व र निर्णायक तहमा महिलाको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चिता गर्न प्रतिवद्धता व्यक्त गरेको छ । अन्य क्षेत्र, पेशा तथा ब्यवसायमा रहेका महिलाहरुलाई सामुदायिक रेडियोमा सहज पहुँच स्थापित गर्ने प्रतिवद्धतासहित समाजमा विद्यमान विसङ्गति, विकृति, कुरीति, कुसंस्कारसँगै जातीय, लैंगिक, धार्मिक विभेदको अन्त्यका लागि सक्रिय रहने प्रतिबद्धता पनि भेलाले जनाएको छ । आमसञ्चार नीति तथा कानूनहरु महिला मैत्री बनाई कार्यान्वयन गर्न, सामुदायिक रेडियोमा महिला सहभागिता र स्वामित्व अभिबृद्घिका लागि बजेटमा बिशेष प्राथमिकता दिन तीनै तहका सरकारसँग भेलाले माग गरेको छ । महिलाका सवाल र हरेक क्षेत्रमा महिलाको सहभागिताका लागि सामुदायिक रेडियोसँगको सहकार्यमा पैरवी गर्न तीनवटै तहका सरकारलाई भेलाले आह्वान पनि गरेको छ । भेलाले सामुदायिक रेडियोले गर्ने कार्यक्रम उत्पादन र प्रसारणसहितको नीतिगत कार्ययोजना पनि जरी गरेको छ । विविधता, बहुलता र लैङ्गिक समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता भन्ने नारा सहित भएको राष्ट्रिय परामर्श भेलामा देशभरीका एक सयभन्दा बढी सामुदायिक रेडियोका महिला रेडियोकर्मीको सहभागिता रहेकोको थियो । भेलामा सामुदायिक रेडियोका विज्ञहरु, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरु सहितका विषगत छलफल गरिएको थियो । छलफल र बहसका आधारमा निस्किएको निचोडबाट आगामी दिनमा रणनिति बनाउने सामुदायिक रेडियो प्रसारक संघले प्रतिबद्धता जनाएको छ । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले भेलाले जारी गरेको घोषणापत्र र कार्ययोजना कार्यान्वयनका लागि अब नेतृत्वले पहल गर्ने बताउनुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













