थप ५ सय ४० जनामा कोरोना भाइरस सङक्रमण, एक जनाको , मृत्यु २ सय ७१ निको

थप ५ सय ४० जनामा कोरोना भाइरस सङक्रमण, २ सय ७१, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या भने २ सय ७१ रहेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको कुल सङख्या ११ हजार ६ सय २ पुगेको छ । हाल देशभर ५ हजार ४ सय ३१ जना कोरोनाको सक्रिय सङ्क्रमित छन् ।