भक्तपुरमा माटोसँग खेल्दै, सिक्दै, सिकाउँदै ललितकलाका कलाकारहरु

भक्तपुरमा माटोसँग खेल्दै, सिक्दै, सिकाउँदै ललितकलाका कलाकारहरु
स्वस्तिका प्रजापति
भक्तपुर, पुस २२ गते
भक्तपुरमा परम्परागत माताको भाडाकुडा बनाउने शिपलाई ब्यवसायिकीकरण गर्ने उद्देश्यका साथ ३ दिने सेरामिक्स कार्यशाला आयोजना भएको छ । स्वदेशी तथा विदेशी कलाकारहरुको तर्फबाट भक्तपुरका कुमालेसमुदायको परम्परागत शिपलाई आधुनिकीकरणका लागि यो कार्यशाला आयोजना गरेको आयोजक समितिका सम्बिका बासुकलाले बताए । लोप हुँदै गएको र सिमित व्यक्तिहरुले मात्रै व्यवसाय बनाइरहेको माटोको भाडाकुडाहरुलाई आम मानिसको जीवनउपयोगि बनाउन यहाँको सिपलाई अझ परिस्कृत बनाउन बंगलादेशी कलाकार र स्थानीय कलाकारहरुको सक्रियतामा यो कार्यशाला आयोजना गरेको उनले बताए । स्थानीय प्रजापति समुदायको सहभागितामा स्थापित कलाकार एवं विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत सो कार्यशालामा सहभागि बनाएको आयोजक बासुकलाले बताए । कलाकर्मी बन्न माटो छुनुनै पर्ने, माटो बाटै सिकेर काठ, ढुंगा, धातुकलासम्ममा पनि निर्खाता ल्याउने अभ्यास स्वरुप ललितकलाका कलाकार भक्तपुर आएर कार्यशाला आयोजना गरेको बताए । चीन र पछिल्लो चरणमा बंगलादेशमा विकास भएको माटोको सामग्री बनाउने प्रविधि उच्चकोटीको छ । यद्यपी नेपाली समुदायको सिप भिन्नै छ । र त यसलाई समायोजन गरी विश्वजगतमा आफ्नोपन झल्काएर पर्यटन प्रवर्धन गर्न सकिन्छ सो अवसरमा आयोजक बासुकलाले जोड दिदै बताए ।


कार्यशालाका आकर्षण बंगलादेशका कलाकर्मी अनिसुल हक नेपाली समुदायको आफ्नो छुटै पहिचान झल्किने परम्परागत शैलीका संरचनाहरु देखेर मखः छन् । नेपाली समुदायको मौलिक शैली त्यसमाथि विश्वस्तरमा विकसित भएका ज्ञानसिपलाई नेपालीपनमा धाल्न नेपाली समुदायसँग सहकार्य गर्ने अवसर मिलेपछि भक्तपुरको पोटरी स्वायरमा आएका हुन । कलाकार हकले बिहिबार कलात्मक मन्दिर माथि गजुर हाल्दै माटोको भाडामा अलि पृथक बुट्टा र परम्परागत शैलीलाई प्रस्तुत गरेका थिए । उनको विचारमा नेपाली परम्परागत सिपलाई पनि विश्वसमुदायमा देखाउने र विश्व समुदायमा विकास भएका सिपलाई पनि नेपाली समुदायमा बाडेर माटोको भाडाकुडा बनाउने सिपलाई थप परिस्कृत र व्यवसायिक बनाउन सकिन्छ । समुदायको लागि समुदायको बीचमा सिप बाढ्ने अवसर पाएकोमा उनी निकै खुसी भएर कार्यशालामा नयाँ नयाँ कलाकर्मीहरुलाई उनी आफ्ना ज्ञानसिप बाडि रहेका छन् ।


स्थानीय बासिन्दा एवं कलाकार महेश्वर प्रजापतिले पनि मानिसको दुःख, क्रोध, पीडा, एवं हाँसो तथा खुसीको क्षणलाई परिकल्पना गरेर एउटै माटोको ढिस्कोमा आफ्नो कलाकारीतालाई सो कार्यशालामा तिर्खार्दै छन् । प्रजापति समुदायलाई माटोको समस्या त्यसमाथि प्लास्टिक, स्तिलका सामग्रीहरुले विस्थापित गरेपछि व्यवसाय गर्नेको संख्या घट्दै गएको महसुस गरेर यस पेसालाई अझ पराकिलो बनाउन आफूले पनि जानेको कला प्रस्तुत गरेको तथा सहभागि कलाकारहरुको सिपलाई पनि नियाल्दै सिक्दै रहेको बताए । आफ्नो पुर्खाैली पेसालाई माया गर्ने प्रजापतिले परम्परागत शिपलाई कलासिपसँग जोडर अझ लोकप्रिय बनाउने योजनामा रहेको कलाकार प्रजापति बताउँ छन् ।
अर्का बहुआयमिक कलाकार बालकृष्ण बनमालाले आफ्नो परम्परागत नाँच नवदुर्गालाई फुटेको भाडामा सजाएर कलाको नयाँ आयाम थप्दैछन् । कार्यशालाको अवधिमा बनाएका कलाकृतिहरुलाई प्रदर्शनीको तयारी भएकाले पनि आफ्नो परम्परा र सिपलाई प्रस्तुत गरेको बताए । विगत ११ वर्ष पछि मात्रै माटो छोएर कला प्रस्तुत गरेका बनमालाले निकै बेर माटोका भाडाकुडा नेवार समुदायको जात्रा पर्व एवं संस्कार र संस्कृतिमा महत्व र स्थापित रहेको चर्चा गर्दै यसलाई अव सेरामिक एवं ग्रेजिङ्ग गरेर थप आकर्षित र जनमानसमा उपयोगि बनाउने सिपलाई परिचित गर्ने उद्देश्यका साथ कार्यशालामा सहभागिता जनाएको बताए । अन्य विद्यार्थी तथा नव कलाकारहरु पनि सो कार्यशालामा आएर माटो मुच्ने देखि माटोबाट बनाउन सकिने विभिन्न आकृतिहरुले सजाउँदै कार्यशालालाई सदुपयोग गर्दै छन् । कार्याशालामा बनाएका कलाकृतिहरुलाई केही दिनपछि सोही क्षेत्रमा प्रदर्शनीमा राख्ने पनि आयोजक समितिले जनाएको छ ।