२४ घन्टामा मृत्युदर शून्य, थपिए २ सय ४१ नयाँ सङ्क्रमित ।

२४ घन्टामा मृत्युदर शून्य, थपिए २ सय ४१ नयाँ सङ्क्रमित ।
नेपालमा गत २४ घन्टामा थप २ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार ८ सय ९७ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ८ सय १४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ३५ जना र २ हजार ८३ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म देशभर आरटी पिसिआर विधिबाट ८ लाख २८ हजार २ सय ७ र एन्टिजेट विधिबाट ९६ हजार १ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ सय २८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ लाख ११ हजार ७ सय ४६ पुगेको छ ।
गत २४ घन्टामा देशभर कोरोनाका कारण मृत्यु हुनेको दर शून्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घन्टामा देशभर ५६ हजार १ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सय ७१ रहेको छ ।