अव भक्तपुर क्यान्सर अस्पतालमा २४ सै घण्टा आफ्नै फार्मेसी सञ्चालनमा आयो !

अव भक्तपुर क्यान्सर अस्पतालमा २४ सै घण्टा आफ्नै फार्मेसी सञ्चालनमा
पुस १ गते । भक्तपुर क्यान्सर अस्पतालले बिहिबार देखि फार्मेसी सेवा सुरु गरेको छ । अस्पताल सञ्चालनको निमानुसार अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गर्दै अस्पताल विकास समितिका अध्यक्ष एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले फार्मेसी सेवा शुभारम्भ गरेका हुन । बजारमा औषधीमा बढी गुना पैसा तिर्नु परेको बेला अस्पतालले आफै सुलभ रुपमा फार्मेसी सञ्चालन गरेपछि गरिव जनतालाई यसबाट सेवा पुग्ने विचार व्यक्त गर्दै अध्यक्ष सिंहले नयाँ पिडिलाई बोलेर होइन काम गरेर देखाउनुपर्नेमा जोड दिनु भयो । हामले के पायौ भन्नुभन्दा पनि हामीले के दिन सक्यौ भन्ने सोचका साथ समाजलाई माथि उठाउने काममा जुत्न आग्रह गर्नु भयो । सानो तिने कुरामा लुछाचुडी र झगडामा नफसी सबै मिलेर उदाहरणीय कार्यमा जुत्न आग्रह गर्नु भयो । साथै प्रमुख अतिथी सिंहले भक्तपुर क्यान्सर अस्पतालको विकासका लागि आवश्यक सहयोग गर्न प्रतिबध रहेको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 269079399_330547519071286_2968579159960089163_n.jpgसो अवसरमा स्वास्थ्य विभागका निर्देशक कृष्ण पौड्यलले फार्मेसी सेवा २४ सै घण्टा सञ्चालनमा आउने भएकाले विरामीलाई सहज सेवा पुग्ने विस्वास व्यक्त गर्दै नेपालमा सर्ने र नसर्ने रोगहरु मध्ये क्यान्सर रोग बारे धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । क्यान्सर रोगको राष्ट्रिय रणनीतिक योजना बनाउनेक्रममा रहेको बेला भक्तपुर क्यान्सर अस्पतालले पहिले भन्दा प्रभावकारी काम गर्न थालेकोमा प्रसंशा गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 268340109_330550669070971_6368114571500360112_n.jpg
अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल सरकारी अस्पतालको रुपमा विकास भए पछि यसको स्नोतिको लागि सजिलो भएको, आवश्यक सहयोग सरकारबाट भइरहेको बताउँदै निरन्तर सहयोगको लागि आह्वान गर्नु भयो । अस्पतालका कर्मचारीको स्थायित्व र भविष्यका लागि बोर्ड बैठकबाट छिट्टै निर्णय हुने अपेक्षा गर्दै निर्देशक पौड्यलले स्वास्थ्य क्षेत्रको राष्ट्रिय रणनीतिमा गहन भूमिका भक्तपुर क्यान्सर अस्पतालले खेल्न सकिने विचार ब्यक्त गर्नु भयो ।

निमित मेडिकल डाइरेक्टर प्रा.डा. ऋषीकेश नारायाण श्रेष्ठले राजनैतिक आरोप प्रत्यारोपमा देश चलि रहे जस्तै अस्पतालमा भ्रष्टाचार र अनियमितताका कुरा उठे पनि नडुब्ने गरी फार्मेसी सञ्चालन हुने विश्वास ब्यक्त गर्नु भयो । दिनप्रतिदिन अस्पतालले स्नोति गर्दै आएको उल्लेख गर्दै अस्पतालमा कार्यरत तालिम प्राप्त ३ सय कर्मचारीहरुलाई थप व्यवस्थित पार्नुपर्नेमा जोड दिनु भयो । कार्यरत कर्मचारीहरु देश र जनता प्रति समर्पित रहेर सेवाभावले क्रियाशिल रहेकाले सरकारी स्थायी कर्मचारी सहर सुविधा र मान्यता दिनुपर्नेमा जोड दिनु भयो ।
अस्पतालका व्यवस्थापक राजाराम तजलेले विगत २२ वर्ष देखि सञ्चालनमा रहेको भक्तपुर क्यान्सर अस्पताल हाल सरकारी अस्पतालको रुपमा सञ्चालन भएपछि देशभरकै विरामीहरु उपचारका लागि आउनेक्रम बढेको बताउनु भयो । विरामीको चाप बडेसँगै १०० शैयाबाट अस्पताललाई ३ सय शैयाको बनाउने तयारी भइरहेको उल्लेख गर्दै आजबाट सुरु भएको फार्मेसी सेवा र रिसेप्नस सेवाले दीर्घ रोग लागेका विरामीले विमा र सरकारी अनुदानको पैसाबाट पनि सहज रुपले स्वास्थ्य उपचारकालागि अवाश्यक औषधी खरिद गर्न सकिने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 266201560_583940329340747_3749998151659430406_n.jpg

This image has an empty alt attribute; its file name is 266248329_712545723058184_2438557798268145832_n.jpg