१८ लाख बालबालिकालाई विद्यालयमै कोरोना कोरोनाविरुद्धको खोप दिइने ।।
सरकारले१८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । अबको ९ दिन पछि पुस ४ गतेदेखि करिब१८ लाख बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप दिईने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो । पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने उहाँले बताउनु भयो । दोस्रो चरणको खोप भने माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । अहिले जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गर्ने कार्य भईरहेको दाहाल बताउनु हुन्छ । यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ लाख ९८ हजार ८०० र १ लाख ८८ हजार ४०० गरी १६ लाख ८७ हजार २०० मात्रा मोर्डना खोप आइसकेको छ ।
Featured Posts – Style 1
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...
भक्तपुर प्रहरीद्वारा लागू औषध सहित ४ जना पक्राउ
2026-05-31 Comments Off on भक्तपुर प्रहरीद्वारा लागू औषध सहित ४ जना पक्राउ
भक्तपुर प्रहरीद्वारा लागू औषध सहित ४ जना पक्राउभक्तपुर, जेष्ठ १७ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले आगु औषध सहित ४ जनालाई पक्राउ...
“सङ्गीत अन्तरङ्ग” र “सम्झौतामा उभिएको मान्छे” नामक दुई कृतिको संयुक्त रूपमा लोकार्पण
2026-05-31 Comments Off on “सङ्गीत अन्तरङ्ग” र “सम्झौतामा उभिएको मान्छे” नामक दुई कृतिको संयुक्त रूपमा लोकार्पण
विनाता सांस्कृतिक कला प्रवर्द्धन केन्द्रद्वारा भक्तपुरको भिमसेनस्थानस्थित सिद्धि स्मृति प्रतिष्ठानमा आयोजित एक विशेष समारोह बीच वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको...














