भारतको तीन राज्यमा फैलियो ओमिक्रोन, दिल्लीमा १५ जना अस्पताल भर्ना ।।
भारतमा कोरोनाको ओमिक्रोन फेला परेसँगै निगरानी बढाइएको छ । पहिलोपटक भारतको कर्नाटक राज्यमा दुई जनामा देखा परेको कोरोनाको ओमिक्रोन स्वरुप थप २ जनामा पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ । यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् ।कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हालसम्म भारतको गुजरात, महाराष्ट्र र कर्नाटकमा कोरोनाको ओमिक्रोन फेला परिसकेको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














