नर्सिङ कलेज सञ्चारनबारे शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण ।
२०७८ मंसिर १० गते, शुक्रबार
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत प्रतिनिधि मण्डलले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेट ग¥यो ।
भेटमा सांसद सुवालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मिति २०७८ मंसिर ८ गते प्रकाशित स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचना भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराउनुभयो ।
भेटको क्रममा सांसद सुवालले भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा मिति २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल सञ्चालनमा रहेको बताउनुभयो ।
सांसद सुवालले स्थानीय तहले सञ्चालन गरेका कलेजहरुलाई निजी कलेजहरुको आँखाले हेर्न नमिल्ने आग्रह गर्दै जनताको छोराछोरीको प्राविधिक शिक्षा अध्ययन गर्न पाउनुपर्ने अधिकारबाट बञ्चित नगरी ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम समावेश गरी अविलम्ब अर्को सूचना प्रकाशित गर्ने व्यवस्थाको लागि शिक्षामन्त्री पौडेललाई अनुरोध गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालयको विधेयक सदनमा अगाडि बढाउन पनि सो अवसरमा माग गर्नुभयो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने’ व्यवस्था भएकोले मन्त्रालयले यस्तो निर्णय गर्नु परेको बताउनुभयो । उहाँले माग जायज भए पनि ऐनको प्रावधानले गर्दा गाह्रो भएको भन्नुभयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसुतीगृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो । नगर प्रमुख प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम प्रकाशित गर्न लिखितपत्र मन्त्री पौडेललाई हस्तान्तरण गर्नुभयो ।
उहाँले जनताको माग र आवश्यकताअनुसार भक्तपुर नपाले ख्वप अस्पतालमा १४ जना विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, २९ जना स्टाफ नर्सलगायत १२५ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमार्फत दैनिक करिब ६०० जना बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको अवगत गराउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले यही मंसिर ८ गते ४५ वटा शिक्षण संस्थाहरुको मात्र नाम प्रकाशित गरी नर्सिङ भर्नाको लागि सूचना प्रकाशित गरेको थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












