नेपालद्वारा कतारसामु १४७ रनको चुनौती प्रस्तुत ।

नेपालद्वारा कतारसामु १४७ रनको चुनौती प्रस्तुत ।
टि–ट्वान्टी क्रिकेट सिरिज अन्र्तगत नेपालले कतारको महिला टिमलाई १४७ रनको लक्ष्य दिएको छ । कतारको राजधानी दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा कतारले टस जितेर फिल्डिङ् रोजेपछि नेपालले ब्याटिङ् गरेको हो । नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४६ रन बनायो । कतारले केहिबेरमा जवाफी व्याटिङ् गर्नेछ । आईसिसी महिला टि–ट्वान्टी एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि–ट्वान्टी सिरिज खेल्न लागेको हो ।