रजत वर्ष महोत्सवको अवसरमा कसिमला पाय् प्रतियोगिता शुरु
भक्तपुर, २३ कात्तिक
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष महोत्सवको अवसरमा संस्थाकै आयोजनामा मंगलबार स्थानीय वाकुपति नारायण स्थानमा कसिमला पाय् प्रतियोगिताको पहिलो राउण्ड शुरु भएको छ ।
कसिमला पाय् प्रतियोगितामा जम्मा ६४ जनामध्ये पहिलो राउण्डबाट ३२ जना दोस्रो राउण्डमा जान सफल भएको छ । उत्साहित रुपमा शुरु भएको उक्त खेलको उद्घाटन संस्थाका अध्यक्ष बलराम प्रजापतिले गोटीको चाल चलाई गर्नुभएको छ । संस्थाका सञ्चालक सदस्य राजेश प्रजापतिको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा अध्यक्ष बलराम प्रजापतिले बोल्नुभएको थियो । नकआउट चरणमा खेलाइने उक्त खेलको क्वाटर फाइनलदेखि ‘बेस्ट अफ थ्री’ का आधारमा खेलाइने संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले बताउनुभयो । खेलको फाइनल कार्तिक २५ गते र त्यसको पुरस्कार वितरण रजत वर्ष महोत्सवका दिन कार्तिक २७ गते हुने उहाँले जानकारी दिनुभयो ।
मंगलबार भएको पहिलो राउण्डमा उकेश सुवाल, बलराम प्रजापति, मंगलराम प्रजापति, असल बहादुर प्रजापति, इन्द्र बहादुर द्योपाला, विष्णु सुवाल, सेते बहादुर कुस्मा, आस कुमार लाखा, बालकृष्ण कुसी, लक्ष्मी भक्त कोजू, सिताराम न्हेम्हाफुकी, बुद्धिराम प्रजापति, विक्रम प्रजापति, हरि गोविन्द शिल्पकार, लक्ष्मी प्रसाद गोसाई, कृष्ण नारायण प्याठ, लतं भक्त प्रजापति, शिवशंकर भुजु, विश्वराम कवां, जयराम कोजू, सिताराम कासिछ्वा, आयूषा फैजू, गंगा प्रसाद प्रजापति, कृष्ण सागर कोजू, राम चन्द्र कोजू, कृष्ण प्रसाद प्रजापति, श्रीराम कासिछ्वा, नोरिफ प्रजापति, विनिता सुवाल, श्याम प्रजापति, भिम बहादुर प्रजापति र हरिष चन्द्र प्रजापति दोस्रो राउण्डमा जान सफल भएको संस्थाको सञ्चालक सदस्य राजेश प्रजापतिले बताए ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














